राजनीतिसमाचारहेडलार्इन

नेकपा समाजवादीद्वारा विराटनगरमा पेशाकर्मीको भेला

विराटनगरkoshipost.com

नेकपा समाजवादीद्धारा विराटनगरमा पेशाकर्मीको भेला सम्पन्न भएको छ । नवगठित नेकपा (एकीकृत समाजवादी)ले केन्द्रमा पाटी दर्ता भए लगत्तै आफ्नो गतिविधि तीब्र बनाउन भेलाको आयोजना गरिएको हो । उक्त पाटीले आफू समर्थित विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मीकोे विराटनगर महानगरपालिकाको भेला विराटनगरमा सम्पन्न गरेको छ ।


भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले तत्कालिन पाटी नेतृत्वले एकताका सबै ढोका बन्द गरेकोले अर्को पाटी निर्माण गर्नु परेको बताए । उनले नेपालको कम्युनिष्ट पाटीलाई एकलौटी कब्जा गर्ने, बद्नाम गर्ने एवम् समाप्त पार्ने कोशीस भएपछि आफूहरुले बाध्य भएर विद्रोह गरेको बताए ।

नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पाटी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरिएको उनले बताए । नयाँ पार्टीले विगतका कमीकमजोरीलाई हटाउँदै समाजवादको यात्रामा अघि बढ्ने र जनताको पक्षमा सँधै लागिरहने उनको भनाइ थियो । भेलालाई पेशाकर्मीहरुको तर्फबाट हिक्मत बस्नेत, सञ्जु साह, भीम बस्नेत, देवी पन्थी, कोषराज न्यौपाने, डा. उद्धव पोखरेललगायत पार्टीका प्रदेश कमिटी सदस्य मणि दाहाल, लोचन राई, मृत्युन्जय झा, जिल्ला कमिटीका अध्यक्ष चन्द्रवीर राई, महानगर अध्यक्ष पारुल क्षेत्री, अनेरास्ववियुका सहअध्यक्ष वसिम आलमलगायतले पार्टी पुनर्गठन अभियानको पक्षमा विचार व्यक्त गरेका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button