शिक्षासमाचारहेडलार्इन

प्राइम भिजन कलेजद्धारा विद्यार्थीलाई झोला र ट्याब्लेट प्रदान

[mashshare]

धरान,koshipost.com


सुनसरीको धरान –१० मा अवस्थित प्राइम भिजन ईन्टरनेशनल कजेलद्धारा नव आगन्तु विद्यार्थीहरुलाई स्वागत् सहित पुस्तक,झोला र ट्याब्लेट प्रदान गरिएको छ । माध्यमिक शिक्षा परिक्षा (एसईई) उत्तीर्ण गरी +२ सहित एडिएचम तथा होटल म्यानेजमेन्ट अध्ययान गर्न प्राइम भिजन कलेजमा आएका नयाँ विद्यार्थीहरुलाई कलेजले सो सामग्री प्रदान गरेको हो । कलेजले सोमबार ईटहरीको गोरखा होटलमा एक अभिमुखिकरण कार्यक्रम आयोजना गरी विद्यार्थीलाई मद्दत पुगोस् भन्ने उद्देश्यले कलेजका सामाग्री उपलब्ध गराएको अपरेसन म्यानेजर अभिषेक श्रेष्ठले जानकारी दिए ।


कलेजका कोअर्डिनेटर अनिल श्रेष्ठ, अपरेसन म्यानेजर अभिषेक श्रेष्ठ, काउन्सलर मधुसुदन कोइराला, एडमिनिष्ट्रेटिभ इन्चार्ज विशाल शन्कर लगायतले नव आगन्तुक विद्यार्थीहरुलाई कलेजमा अध्ययन गर्नुपर्ने बिषयबस्तु, कलेजको शैक्षिक वातावरण, कलेजमा पालना गर्नुपर्ने नियम लगायतको बारेमा जानकारी गराएका थिए । सो कलेजमा अध्ययनरत विद्यार्थी निशान्त राईले कलेजमा गुणस्तरीय शिक्षा संगै पारिवारिक वातावरण भएको बताए । प्राइम भिजन कलेजमा पढाउने शिक्षकहरु पनि फ्रेन्ड्ली भएकाले सबैसंग एउटै घर परिवार जस्तै ब्यवहार गर्न नयाँ आउने विद्यार्थीहरुलाई राईले आग्रह समेत गरेका थिए ।


सोही कलेजमा अध्यनरत अर्की छात्रा अन्जना राईले कलेजमा हस्पिटालिटी सम्बन्धी नै अध्ययान गरिने हुनाले सबैले एक(आपसमा सम्मान र सत्कार गर्न सिक्नुपर्ने बताई्न । कलेजले छोटो समयमा धरानको शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको नेपाल पत्रकार महासंघ सुनसरीका सह(सचिब भोला श्रेष्ठले बताए । कार्यक्रममा बोल्दै सह(सचिव श्रेष्ठले कलेजमा आउने नयाँ विद्यार्थीहरुलाई शुभकामना दिदै १ नम्बर प्रदेशकै नमूना कलेज स्थापित गरी कलेजमा अध्ययान गर्ने विद्यार्थी र कलेजको उच्च र उज्वल भविष्यको कामना समेत गरेका थिए ।


उक्त कार्यक्रममा नव आगन्तुक विद्यार्थीको साथमा,अघिल्लो ब्याचका विद्यार्थीहरु, शिक्षक, सञ्चारकर्मी तिर्थ कार्की,पूर्वाञ्चल डि.बि.आर टिःभीका सञ्चालक एवं अनलाईन टिःभी महासंघ सुनसरीका अध्यक्ष दिल बहादुर राई लगायतको उपस्थिति रहेको थियो । कलेजको अपरेसन म्यानेजर अभिषेक श्रेष्ठको संयोजत्वमा सम्पन्न कार्यक्रममा छात्र सन्देस पाल्पाली र छात्रा अम्बिका लिम्बुले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सन्चालन कलेजका लेखापाल रोस्मिता श्रेष्ठले गरेकी थिइन ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button