
बेलबारी ,koshipost.com
लागुऔषध गाजा सहित ३ जना युवा पक्राउ परेका छन् । लागुऔषध गाजा कारोबार गर्ने ३ जनालाई मंगलबार बेलुका ५ बजे प्रहरीले गाजा सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ३५ वर्षीय सन्तोष राई, ३० वर्षीय ज्ञानु राज राई र धनकुटा शहीदभुमि गाउँपालिका ३ का २८ वर्षीय महेश्वर राई रहेका छन् । १९ केजी ६ सय ५० ग्राम गाजा सहित उनीहरु पक्राउ गरिएको बताईएको छ ।
गाजा बिक्रिवितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले सन्तोषको घरकोठाबाट ४ केजी ६ सय ५० ग्राम र ज्ञानुको घरकोठाबाट १५ केजी गाजा बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुलाई अनुसन्धान गर्ने क्रममा सो गाजा महेश्वरबाट खरिद गरेको भन्ने खुलेको प्रहरीको भनाई छ । प्रहरीले गाजा कारोबारी महेश्वर सहित ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका तिनै जना माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।