
विराटनगर,koshipost.com
१ नम्बर प्रदेशमा पछिल्लो २४ घण्टामा ३४९ जना कोरोना संक्रमित थपिएका छन् । समाजिक विकास मन्त्रालयका अनुसार ८०७ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना संक्रमित भएका छन् । यस्तै, ५०९ जनाको एन्टिजेन परीक्षण गर्दा १०६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ७६, सुनसरीमा ७१, धनकुटामा ६, इलाम र उदयपुरमा ४–४, पाँचथर र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
धनकुटाको धनकुटा नगरपालिकामा ५ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका, चुलाचुली, देउमाई र माईमा १–१, उदयपुरको चौदण्डीगढीमा २, उदयपुरगढी र त्रियुगामा १–१, पाँचथरको फाल्गुनन्द, तेहृथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, झापाको दमकमा २१, शिवसताक्षी र विर्तामोडमा १०–१०, भद्रपुरमा ८, कनकाईमा ७, मेचीनगरमा ५, अर्जुनधारा र झापा गाउँपालिकामा ३–३, बुद्धशान्ति, बाहृदशी, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२ जना छन् भने मोरङको विराटनगरम ४३, पथरीशनिश्चरेमा १२, केराबारीमा ८, उर्लाबारीमा ५, कटहरी, बुढीगंगा र रंगेलीमा २–२, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १– १, सुनसरीको इटहरीमा ४८, धरानमा १६, इनरुवामा २, बराहक्षेत्र, देवानगञ्ज, रामधुनी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यही समयमा ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७१ महिला र १८७ पुरुष रहेका छन् । यही समयको अवधिमा कोरोना संक्रमणबाट १ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।