
धरान,koshipost.com
एमसीसीको चर्को नारा लगाउदै एमसीसी चाहिदैन, देश बेच्न पाइदैनु भन्दै धरानमा विरोध प्रर्दशन गरिएको छ । एमसीसीको उपाध्यक्ष फतिमा सुमार नेपाल आएकै दिन धरानमा एमसीसीको विरोध गरिएको हो । राष्ट्रिय एकता सञ्जाल, सचेत धरान, स्वतन्त्र धरानको आयोजनामा बिहिबार (आज) भानुचोकमा विरोध प्रर्दशन गरिएको छ । विरोध प्रर्दशनको क्रममा ुएमसीसी चाहिदैन, देश बेच्न पाइदैनु भन्दै नाराबाजीसमेत गरेका थिए । विरोध सभालाई राष्ट्रिय एकता सञ्जाल व्यत्तिहरुसहित सञ्जालका अध्यक्ष हर्क साम्पाङले सम्बोधन गरेका थिए ।
विरोध कार्यक्रमलाई सम्बोधन गदै उनीहरले एमीसी नेपालको लागि राष्ट्रघाती सम्झौता भएकोले कुनै पनि हालतमा संसदले अनुमोदन गर्न नहुने बताएका थिए । एमसीसी लागु भएमा नेपालको कानुनभन्दा माथि हुने भन्दै यसले देशको अस्मिता, स्वतन्त्रतामाथि नै प्रश्न उठाएको विरोध प्रर्दशनमा उनीहरुले बताएका थिए ।
मेचीदेखि महाकालीसम्म भारतीय सिमा क्षेत्र मिचिदा ध्यान नदिने, महाकालीमा भारतीय एसएसबीले तुइन काटेर ज्यान गुमाएको नेपालीबारे नबोल्ने सरकारले एमसीसी पारित गर्न हतारिएको भन्दै विरोधमा सहभागी भएकाहरुले आलोचनासमेत गरेका थिए ।