राजनीतिसमाचारहेडलार्इन

१ नम्बर प्रदेश जनमुक्ति पार्टीको छैटौं राष्ट्रिय महाधिवेशन धरानमा जारी,वहुराज्य सहित पहिचानको आधार हुनुपर्नेमा जोड


धरान,koshipost.com

जनमुक्ति पार्टीको छैटौं राष्ट्रिय महाधिवेशन धरानमा जारी छ । नेपालमा संघियता, लोकतन्त्र, गणतन्त्र, पहिचान र समावेशिताको लागी सवै भन्दा पहिला वकालत गर्ने पुरानो पार्टी राष्ट्रिय जनमुक्ति पार्टीको छैटौं राष्ट्रिय महाधिवेशन धरानमा जारी रहेको हो । महाधिवेशनको दोश्रो दिन आइतवार जारी वन्द सत्रमा पार्टीको राजनितिक दस्तावेज र विधान माथि गम्भिर छलफल भएको राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सुर्यवंशीले जानकारी दिए ।


पार्टीका संस्थापक अध्यक्ष एवं संरक्षक एमएस थापा मगरको प्रमुख आतित्थ्यमा सम्पन्न वन्द सत्रमा पार्टीको संघिय परिषदबाट प्रश्तुत् गरिने ८० पेज लामो राजनितिक दस्तावेज पार्टीका उप–महासचिव टोप अस्लामीले प्रश्तुत् गरेका थिए । त्यसैगरी जारी वन्द सत्रमा संघिय परिषदबाट प्रश्तुत् गरिने पार्टीको विधानको छैटौं संशोधन सम्वन्धि प्रस्तावहरु पार्टीका उप–महासचिव रामु परियारले छलफलका लागि प्रश्तुत् गरेका थिए ।
जारी वन्द सत्रमा पार्टी उप–महासचिव अस्लामी मगरले पार्टीको संघिय परिषदबाट पारित ८० पेज लामो राजनितिक दस्तावेज माथि देशभरका करिव ४ सय ५० भन्दा वढी प्रतिनिधिहरुले गम्भिर भएर वहस तथा छलफल गरिरहेका छन् ।

जारी दस्तावेजमा राष्ट्रिय जनमुक्ति पार्टीको स्थापना काल देखी छैटौं महाधिवेशनसम्मको राजनितिक गतिविधिलाई समेटिएको छ । दस्तावेजमा नेपालमा राष्ट्रिय जनमुक्ति पार्टी जन्मनुको आधारह? प्रश्तुत् गरिएको छ । जस्मा वहु जातिय र वहुराज्य सहित पहिचानको आधार हुनु पर्नेमा जोड दिएका छन् । नेपालको अर्थनीतिमा नेपालको पुनःसंरचना पछि समृद्ध नेपाल र भ्रष्टचार अन्मुलन जस्ता विषय वस्तुलाई वढी जोड दिइएका बताईएको छ ।


यस्तै, पार्टीका अर्का उप–महासचिव रामु परियारले प्रस्तुत् गरेको विधान मस्यौदामा महिलालाई ५० प्रतिसत पु?ष सरह समान अधिकारको ग्यारेण्टी गरिएको वताइएको छ । साथै, पार्टी आचरणमा सत्ताको भोगी नभै, पार्टीको व्यवस्थापकिय पक्षलाई नयाँ सिराबाट परिवर्तन गरेर लाने विषयमा गम्भिर छलफल भैरहेको महासचिव सुर्यवंशिले बताएका छन् । वन्द सत्रमा पार्टीका संघिय अध्यक्ष केपी पालुङवा, पार्टीका वरिष्ठ नेता रामवहादुर तुम्वाहाम्फे, उपाध्यक्षत्रेय कमला थापा, मिना पन्धाक लिम्वु, रविन्द्र उच्च नेपाली लगायतको उपस्थिति रहेकोछ । वन्द सत्रको संचालन पार्टी सचिव वलदिप राई (प्रभाश्वर) ले गरेका थिए । महाधिवेशनको तेश्रो दिन आज सोमवार जारी वन्द सत्रले पार्टीको आगामी ४ वर्षको लागी नयाँ नेतृत्व चयन हुने वताइएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button