
धरान,koshipost.com
राष्ट्रिय जनमुक्ति पार्टीको छैटौ महाधिवेशनले सर्वसम्बत नेतृत्व चयन गरेको छ । सुनसरीको धरानमा सम्पन्न छैठौं महाधिवेशनले पार्टीको संघीय अध्यक्षमा खड्ग प्रसाद (के.पी.) पालुङवालाई पुनः सर्वसम्वत अध्यक्षमा चयन गरेको हो । पार्टी स्थापना भएको ३० वर्षको ईतिहासमै पहिलो पटक सर्वसम्वत नेतृत्वमा संघीय अध्यक्षमा केपी पालुङवा चयन भएको छ ।
मंगलवार विहान सम्पन्न पार्टीको छैठौं राष्ट्रिय महाधिवेशनको वन्द सत्रले सर्वसम्वत अध्यक्षमा पार्टीका निवर्तमान केपी पालुङवााई पुनः अध्यक्षमा सर्वसम्बत चयन गरेको हो । चार दिनसम्म संचालन भएको महाधिवेशनले पार्टीको संघिय समितिको कार्यकारी अध्यक्षमा पार्टीका निवर्तमान महासचिव केशव सूर्यवंशीलाई निर्वाचित गरेको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा कमला थापा र मोहन धिमाललाई चयन गरिएको छ । संघीय समितिको उपाध्यक्षमा होमाया गुरुङ, बलदिप राई, भीमवहादुर राना, प्रकाश याङदेन, रविन्द्र उच्च नेपाली, हाँजी डा.मोहम्मद हसन, रविन्द्र सुनवार, मन्धरी याले र मनीराम चौधरीलाई चयन गरिएको छ ।
यस्तै, पार्टीको महासचिवमा टोप अस्लामी, रामु परियार र पदम जवेगुलाई चयन गरिएको छ भने उप–महासचिवमा गंगा खासु र विष्णु थाम्देनलाई चयन गरिएको छ । नवनिर्वाचित संघीय समितिको सचिवमा शर्मिला महरा, गीता सारु, गजेन्द्र आङवुहाङ, मोजीव अली र ज्ञानवहादुर सलामी थापालाई चयन गरिएको छ । पार्टीको नवनिर्वाचित कोषाध्यक्षमा मानवहादुर राईलाई चयन गरिएको छ । जारी वन्द सत्रले संघिय समितिकको सदस्यह?मा राजकुमार मोक्तान तामाङ, मनकुमारी मगर, विमला गु?ङ, धनराज वि.क., मोहन प्रसाद तिमल्सीना, इन्द्र वहादुर आङदेम्वे, गोकर्ण राई लगायत गरी ३१ जनालाई सर्वसम्वत चयन गरीएको निवनिर्वाचित पार्टीका संघिय समितिका कार्यकारी अध्यक्ष केशव सूर्यवंशिले कोशीपोष्ट डटकमलाई जानकारी दिएका छन् । पार्टीका नव–निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन मण्डलका आयुक्त देउवहादुर रानाले पद तथा गोपनियाताको सफत खुवाएका थिए ।
नयाँ संशोधित विधानअनुसार प्रतक्ष्य तर्फ संघिय सदस्यहरु खुला २२ जना र १२ जना महिला सहित जम्मा ५५ जना हाउसबाट निर्वाचित भएका छन् । मंगलवार विहान करिव ४ वजेसम्म चलेको बन्दसत्रबाट निर्वाचित संघीय समितिले ३ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपाध्यक्ष, ३ जना सचिव, १ जना सह–कोषाध्यक्ष गरी १० जना पदाधिकारी र २० जना संघिय सदस्य मनोनयन गरी जम्मा ३१ जनाको संघिय समितिका पदाधिकारी र ५४ जना संघिय समितिको सदस्य गरी जम्मा ८५ सदस्यीय मुल संघिय समितिको निर्माण हुने राष्ट्रिय जनमुक्ति पार्टीका नवनिर्वाचित संघीय अध्यक्ष केपी पालुङवाले कोशीपोष्ट डटकमलाई जानकारी दिएका छन् ।
वि.सं.२०५३ सालमा राष्ट्रिय जनमुक्ति पार्टीको प्रथम ऐतिहाशिक राष्ट्रिय महाधिवेशन भए देखी पाँचौ राष्ट्रिय महाधिवेशनसम्म आईपुग्दा सर्वसम्वत रुपमा नेतृत्व चयन हुन कहिले पनि सकेको थिएन । पार्टीको नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय जनमुक्ति पार्टी सफल भएको भन्दै नव निर्वाचित अध्यक्ष केपी पालुङवाले निर्वाचन मण्डल, महाधिवेशनमा सहभागी सम्पुर्ण प्रतिनिधि, पर्यवेक्षकह?, संचारकर्मीहरु, पार्टीका महाधिवेशन स्थल भन्दा वाहिर रहेर भुमिका निर्वाह गर्नु हुने शुभचिन्तकहरुलाई विशेष गरेर धन्यवाद दिए । नवनिर्वाचित अध्यक्ष पालुवाङ्गवाले भने–“राष्ट्रिय जनमुक्ति पार्टीको छैठौं राष्ट्रिय महाधिवेशनबाट नेपालका ठूला भनिएका राजनितिक पार्टीहरुले पनि सहमति, सहकार्य र समावेशिताको पाठ सिक्नु पर्दछ ।” उनले कोभिडको महामारीको समयमा पनि पार्टीको छैठौं राष्ट्रिय महाधिवेशन सफल पार्न आर्थिक, भौतिक र नैतिक ?पमा पुर्व मेची देखी पश्चिम महाकालीबाट सहयोग गर्नु हुने सम्पुर्ण महानुभावह?लाई पार्टीको तर्फबाट धन्यवाद समेत दिएका छन् ।