समाचारसमाजहेडलार्इन

प्रदेश १ धरानका २ जना सहित चोरी मुद्दामा सजाय तोकिएका ३ जना फरार युवा पक्राउ

विराटनगर,koshipost.com


धरानका २ जना सहित चोरी मुद्दामा सजय तोकिएका ३ जना फरार युवा पक्राउ परेका छन् । चोरी मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएर फरार रहेका धरानका २ सहित ३ जना प्रतिबादीहरुलाई १ नं प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालत बुझाएको हो ।


चोरी मुद्दामा मोरङ जिल्ला अदालतको आदेशले २ वर्ष १० महिना १८ दिन कैद जरिवाना सजाय तोकिएका धरान(१५ का ३८ वर्षीय गणेश गौतम र सोही स्थानका ४० वर्षीय गङ्गा तामाङलाई प्रहरीले खोजतलास गर्ने क्रममा घरमै लुकिछिपी बसेको अवस्थामा गत ११ गते पक्राउ गरी मोरङ जिल्ला अदालतमा दाखिला गरी कैद भुक्तानको लागी कारागार चलान गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, चोरी मुद्दामा मोरङ जिल्ला अदालतबाट २०७६ कार्तिक २६ गतेको आदेशले ३ महिना कैद र दस हजार जरिवाना तोकिएका विराटनगर महानगरपालिका ७ घर भई हाल विराटनगर महानगरपालिका ६ झरना चौकमा बस्ने २४ वर्षीय आकाश साहलाई गत ११ पक्राउ गरी बुधवार मोरङ जिल्ला अदालतमा दाखिला गराई कैद भुक्तानको लागी कारागार चलान गरेको प्रहरीले जानकारी दिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button