
धरान, koshipost.com
गुटबन्दी अन्त्य गर्न सुनसरी धरानका युवा संगठन (वाइसिल) कडा रुपमा लागेका छन् । धरान नगरका नेकपा माओवादी केन्द्रका नेताहरुको जुंगाको लडाई भएको भन्दै नेताहरुबीचको गुटको विवाद अन्त्य गर्ने उद्देश्यले धरानका युवाहरु एक जुट भएर अघि बढेका छन् । विवाद चर्कदै गएपछि धरानस्थित पार्टी कार्यालयमा वाइसिलका युवाहरुले ताला समेत लगाएका छन् ।
धरान १४, पेरिस खोल्सीस्थित पार्टी कार्यालयमा आज वाइसिएल धरानका अध्यक्ष विजय लामाको अगुवाईमा तालाबन्दी गरिएको हो । पार्टीभित्र गुट, उपगुटको लडाईले पार्टीलाई क्षति हुने भन्दै गुटबन्दी अन्त्यको माग गर्दै वाइसिएलले ताला लगाएको माओवादी केन्द्रका युवा नेता तथा वार्ड नं. ३ धरानका पाटी सचिब मिङमा भोटेले जानकारी दिए । पार्टीका युवाहरुले विवाद अन्त्य गर्न नेताहरुलाई ध्यानाकर्षण गर्दा पनि नमानेपछि आफुहरुले पाटी कार्यलयमा तालबन्दी गर्नु परेको युवा नेता भोटेले कोशीपोष्ट डटकम संगको कुराकानीमा बताए ।
‘पाटीको केन्द्रमा यस्तो जुंगाको लडाई छैन १ नम्बर प्रदेश र सुनसरी जिल्लाको धरानमा यस्तो विवाद देखियो, यो हामी युवाहरुका लागि राम्रो होइन, अहिले धरान नगरमा हामी युवा कुन नेताले भनेको मान्नु ? यहाँ २ जना स्थानीय नेताको जुंगाको लडाई हो हामी युवाहरु यस्तो विवादमा फस्न चाहदैनौ , केन्द्र र अन्य प्रदेशमा यस्तो गुटबन्दी भएको हामीलाई थाहाँ छैन यो धरान नगरमा किन यस्तो गुटबन्दी भयो भनेर हामी युवाहरुले विवाद नमिलेसम्म पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेका छौं,। त्यसैले धरानका वाइसिएलले पाटी कार्यालयमा ताला लगाएको हो ’ युवा नेता भोटेले जानकारी दिए ।
माओवादी केन्द्रको धरान सचिव तथा कार्यकारी अध्यक्ष सुर्दशन श्रेष्ठले तालाबन्दीबारे आफुलाई थाह नभएको प्रतिक्रिया दिए । अराजकतरिकाले ताला लगाएको भए विधान अनुसार कारबाही प्रक्रिया अघि बढाउने उनले बताए । माओवादी केन्द्रको धरान र सुनसरी जिल्ला कमिटीमा चर्को विवाद छ । जिल्ला समन्वय समितिले धरानको अध्यक्षमा फोक्वाहाङ सुब्बा चोत्लुङलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो । जिल्लाले उक्त निर्णय लाई खारेज गर्दै प्रदेश १ समितिले चोत्लुङलाई धरान उपमहागर कमिटीको सहइञ्चार्ज बनाएको छ भने कार्यकारी अध्यक्षको जिम्मेवारी सचिव सुर्दशन श्रेष्ठलाई दिइएको छ । धरानको इञ्चार्जमा आइन्द्रबिक्रम बेघालाई जिम्मेवारी दिइएको छ ।
यस्तै, प्रदेश कार्यालयले जिल्ला समन्वय समिति संयोजकबाट हटाएर योगेन्द्रप्रसाद मण्डल पप्पुलाई जिल्ला सहइञ्चार्ज बनाएको छ भने संयोजकको जिम्मेवारीमा केही दिनअघि एमालेको प्रदेश १ कमिटीमा मनोनित भएका सुरेन्द्र मेहतालाई दिने निर्णय गरेको छ । प्रदेशको यो निर्णयको विरोध गर्दै जिल्ला समन्वय समितिले पनि प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् ।\
