
धनकुटा,koshipost.com
नेपाल शिक्षक संघ धनकुटाद्धारा शुभकामना आदान प्रदान गरिएको छ । आउदै गरेको दशै तिहार ,नेपाल सम्वत छड पर्व,मंसिरे चाड पर्वको अवसरमा संघ धनकुटाले आज जिल्लामा शुभ कामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
शुभ कामना आदन प्रदान कार्यक्रममा प्रदेश सभा सांसद लिला सुब्बा, महासमिति सदस्य आनन्द सन्तोषी राई,दुर्गा सुवेदी,नेपाली कांग्रेस धनकुटाका उपसभापती नविन किशोर शाक्य,जिल्ला सचिव विजय सन्तोषी राई,सहसचिव सिता श्रेष्ठ,कोषाध्यक्ष दिनेश राई,नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य महोन वान्तवा,र्हकमान चेम्जोग,मिन वहादुर कार्की,गोविन्द वाग्ले,पूर्व महासमिति सदस्य केशर सुब्बा,क्षेत्रिय सभापती क्षेत्र नं. १ जितेन्द्र राई लगायतले शुभकामना दिएका हुन् । शुभकामना राख्ने क्रममा उज्यालोको प्रतिक शिक्षक भएकाले अध्यारो चाहनेहरुले शिक्षकहरुमाथि आक्रमण गरिरहेको बताए ।
नेपाल शिक्षक संघ धनकुटाको अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुको अध्यक्षतमा सम्पन्न भएको शुभ कामना आदन प्रदान कार्यक्रममा स्वागत मन्तव्य नेपाल शिक्षक संघ धनकुटका उपाध्यक्ष दिल कुमारी राईले राखेकी थिइन् ,कार्यक्रम संचालन सचिव अर्थ रोहीणी पाण्डे र धन्यवाद ज्ञापन सहसचिव शोभा दाहालले राखेकी थिइन् । शुभकामना कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न नगरपालिका,गाउँपाकिा र वडाका नेता तथा कार्यकर्ताको सहभागीता रहेको कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।