
इनरुवा,koshipost.com
नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीको सुनसरी जिल्ला कमिटी गठन भएको छ । सुनसरीमा नेकपा एकिकृत समाजवादी पाटीको १ सय ७५ जना जिल्ला सदस्यीय कमिटि बनेको हो । इनरुवामा सोमबार आयोजित कार्यक्रममा गोविन्द निरौलाको अध्यक्षतामा १ सय ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ । नवगठित कमिटीको उपाध्यक्षमा सिताराम पराजुली, रामचन्द्र मटियैत, सचिवमा बसन्त सुवेदी, उपसचिवमा रजकाजेश भण्डारी रहेका छन् ।
नेकपा एसका केन्द्रिय सदस्य केशव विष्टले सुनसरी जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउपालिकाबाट प्रतिनिधित्व रहने गरि जिल्ला कमिटी घोषणा गरिएको बताए । साथै उनले कमिटीमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चीत गरिएको पनि जानकारी दिए । विगतमा नेकपा एमाले रहदा नेतृत्वलाई देवत्करण गरी आफ्ना आसेपासेलाई मात्र जिम्मेवारी दिने प्रवृतिको अन्त्य गर्दै विद्रोह गरी नेकपा एकिकृत समाजवादीमा आवद्ध भएका नेता कार्यकर्ताहरुलाई जिल्ला कमिटीमा समावेशी समानुपातिक सहभागीता सुनिश्चीत गरिने बताईएको छ ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष तथा प्रदेश एक इन्चार्ज धनेन्द्र बस्नेत, उपाध्यक्ष जयन्ती राई, पोलिटव्युरो सदस्य महफुज आलम अन्सारी, केन्द्रिय सदस्य केशव विष्ट, समाजवादी प्रेस संगठनका केन्द्रिय सहसंयोजक विश्वमणी सुवेदी, समाजवादी प्रेस संगठनका राजकुमार कार्की, केन्द्रिय सदस्य आनन्द श्रेष्ठ, शशी कोइराला, पिवी दियाली, नेपाल पत्रकार महासंधका सुनसरी सहसचिव भोला श्रेष्ठ, नेकपा एसका प्रदेश सदस्यहरु लक्ष्मण चौधरी, दुर्गा कन्दङवा, दुर्गा बुढाथोकी, ब्रह्मदेव यादव, कुशेश्वर खेरवारलगायतको सहभागीता रहेको थियो । कार्यक्रममा प्रेस सेन्टरका मुस्ताक आलमले सो संगठन परित्याग गरि समाजवादी प्रेस संगठनमा प्रवेश गरेका छन ।
