
धनकुटा, koshipost.com
कांग्रेसका पूर्व क्षेत्रिय सभापति धनकुटा जेष्ठ कांग्रेस सदस्यको निधन भएको छ । धनकुटाका वरिष्ठ समाज सेवी तथा नेपाली कांग्रेस धनकुटा क्षेत्र नं. २ का पूर्व सभापति तथा जेष्ठ कांग्रेस सभाका सदस्य अमृत गिरीको आईतबार उहाकै निवास महालक्ष्मी नगरपालिका वडा नं. ६ लेगुवामा निधन भएको हो ।
गिरीको आईतबार नै महालक्ष्मी नगरपालिकाको लेगुवा विश्रान्ती मन्दिर स्थित अरुण नदीको किनारमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर सम्मान पूर्वक अन्त्यष्टि गरिएको पाटीका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए । स्वर्गीय गिरीको पार्थिव शरिरमा नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,धनकुटा जिल्ला सभापति अग्नी प्रसादा पौडेल,महासमिति सदस्य आनन्द सन्तोषी राई,संविधान सभा सदस्य अञ्जना ताम्ली,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई ,महालक्ष्मी नगर कार्य समितिका सभापती ध्रुव राय,पाख्रिवास नगर कार्य समितिका सभापती प्रेम भण्डारी,लगायतका नेताहरुले पाटीकोे झण्डा ओढाएर सम्मान पूर्वक अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको सन्तोषी राईले कोशीपोष्ट डटकम लाई जानकारी दिए ।
१९९७ सालमा जन्मिएका कांग्रेसका धनकुटा क्षेत्र नं.२ का क्षेत्रिय सभापती गिरीको श्रीमती सरस्वती गिरी,कान्छा छोरा प्रविण गिरी महालक्ष्मी नगरपालिका वडा नं. ६ का नेपाली कांग्रेसका वडा सभापति प्रविण गिरी छोरा श्याम प्रसाद गिरी माईला छोरा शुसिल गिरी र पाच जना छोरीहरु रहेका छन् ।
८१ बर्षका उमेरमा निधन भएका गिरी नेपाली कांग्रेस धनकुटा क्षेत्र नं.२ को पूर्व सभापति जिल्ला सदस्य,महाधिवेशन प्रतिनिधि र जेष्ठ कांग्रेस सभा सदस्य समेत रहेका थिए । स्वर्गीय गिरी लेगुवा गाउ पञ्यातको प्रधान मञ्चमा समेत निर्वाचित भई जनताको सेवा र विकासमा समाज सेवीको रुपमा निरन्तर लागी परेको पाटीका जिल्ला सचिव राईले जानकारी दिए ।
अमृत गिरीको निधनले कांग्रेस धनकुटाले एक अभिभावक र कुसल संगठनकर्ता गुमाएकाले जिल्लामा कांग्रेस पाटीलाई अपुरणीय क्षति भएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
