
धरान,koshipost.com
संघीय लिम्बुवान मञ्चको तेस्रो अधिवेशन सुनसरीमा यही कात्र्तिक २६ गते हुने भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपालको जिल्ला अधिवेशन सुनसरीमा २६ गते शुक्रबार हुने पत्रकार सम्मेलन गरी आज घोषणा गरेको हो । गत सोमबार नगर तथा जिल्ला बैंठकको निर्णयानुसार सुनसरीको धरान –१५ स्थित होटल इजिराइडर्स हलमा कार्यक्रम गर्ने निर्णय भएको जिल्ला अध्यक्ष अमर इजमले जानकारी दिए ।
अधिवेशनको लागि कार्यक्रम मुल आयोजक समिति,प्रचार प्रसार तथा जन परिचालन संयोग र अनुगमन समिति संयोजक बंैठकले निर्णय गरीसकेको पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष इजमले जानकारी दिए । अध्यक्ष इजमको संयोजकत्वमा सम्मेलन तयारी समिति गठन गरीएको छ । जसमा सदस्य सचिवमा निर्मल राई,अर्थ संयोजकमा डम्वर थक्लुङ,सदस्यहरुमा सन्जुहाङ सावा,मनोहर थलङ,इन्दु नेम्वाङ र जिवाइल मन्सुरी रहेका छन् । त्यस्तै, प्रचार प्रसार तथा जनपरिचालन संयोजजकमा रमेश राई र अनुगमन समिति संयोजकमा भुपेन्द्र शुन्दर लावति रहेका छन् ।
२ सय जना प्रतिनिधि र पर्यवेक्षक रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रदेशको संरचना १० प्लस १ को मोडलमा आफ्नो पाटी रहेको वताउदै अध्यक्ष इजमले सम्मेलनले सवल सक्षम नेतृत्व चयन गर्ने बताए । अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष कुमार लिङदेनले गर्ने कार्यक्रम तय भएको ईजमले जानकारी दिए ।
