समाचारसमाजहेडलार्इन

लागूऔषध सहित छुट्टा छुट्टै ठाउँबाट चार जना पक्राऊ

मोरङ,koshipost.com

मोरङ जिल्लाको विराटनगर –१४ जतुवा चोकबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेममा मोरङ पथरी नगरपालिका ९ का १९ वर्षीय आशिष महतो रहेका छन् । प्रहरी टोलीले उनलाई लुपिजेसिक १७ एम्पुल, फेनारगन १७ एम्पुल, डाइजाल्याब १७ एम्पुलसहित पक्राउ गरेको हो । पक्राउ परेका महतोलाई ईलाका प्रहरी कार्यालय बाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


त्यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित बुधबारे चौकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका २ का २३ वर्षीय युरास इवा लिम्बू, पाँचथर याङवरक गाउँपालिका २ बेतेनी घर भई हाल झापा अर्जुनधारा नगरपालिका ११ बस्ने २५ वर्षीय उमेश विक र इलाम कोल्बुङ गाउँपालिका २ कुटिडाँडाका २३ वर्षीय सुलभ गुरुङ रहेका छन् ।


इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउन सुगर १० ग्राम २० मिलिग्राम र गाँजा ११ ग्राम ५० मिलिग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button