Uncategorizedराजनीतिसमाचारहेडलार्इन

रक्षा मन्त्री रिजाल धनकुटा आउदै


धनकुटा,koshipost.com


रक्षा मन्त्री डा. मिनेन्द्र रिजाल शुक्रबार धनकुटा आउने भएको छ । मन्त्री रिजाल धनकुटामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन भोली शुक्रबार धनकुटा आउने भएको हो ।

मन्त्री रिजाल नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको बधाई तथा शुभ कामना आदरन प्रदान कार्यक्रम र कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागिता हुन धनकुटा आउन लागेको नेपाली कांग्रेस जिल्ला सचिव विजया सन्तोषी राईले जानकारी दिए । धनकुटाको वार्ड नं ७ मा शुक्रबार बिहान ९ बजे पाटी कार्यालयमा कार्यक्रम तय गरिएको सचिव राईले बताए ।


रक्षा मन्त्री रिजालले जिल्लाको छथरजोरपाटी गाउपालिका बजारमा नेपाली कांग्रेस छथरजोरपार्टी पालिका कार्य समितिले तिहार,नेपाल सम्वत,छड ,मंसिरे चाड लगायत सवै चाड पर्वको शुभ कामना आदन प्रदान कार्यक्रममालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै, पाटीको वडा नं. ६ को वडा पाटी कार्यालयको उद्घाटन समेत गरिने कार्यक्रम रहेको सचिव राईले जानकारी दिए ।


छथरजोरपाटीमा हुने सम्पूर्ण कार्यक्रमको तयारी पुरा भएको नेपाली कांग्रेस छथरजोरपार्टी गाउपालिका कार्य समितिका सचिव पदम भट्राईले जानकारी दिएका छन् ।

https://fb.watch/8ETus-5VqY/
Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button