जीवन शैलीसमाचारहेडलार्इन

धरानको भानुचोकमा एक जना पुरुष मृत भेटिए

[mashshare]

रानkoshipost.com

सुनसरीको धरान भानुचोकमा १ जना पुरुष मृत फेला परेका छन् । धरानको भानुचोकमा एक जना पुरुष मृत फेला परेको हो । भानुचोकमा रहेको तल्लो चौतारी छेऊमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी ४५–५० वर्षको एकजना पुरुष मृत भेटिएको वडा प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक (सई) पूर्णबहादुर जोशीले जानकारी दिए । ‘अहिले बुझ्दैछौं’, उनले भने, ‘साथमा केही कागजात पनि नभेटिएकोले पहिचान हुन सकिरहेको छैन ।’


उनको साथमा ज्वरो आउँदा सेवन गर्ने औषधि फेला परेको प्रहरीले जानकारी दिए । ‘चप्पल लगाएर लौरो टेक्दै आएको जस्तो देखिएको छ’, उनले भने, ‘उनको साथमा औषधी समेत फेला परेको छ ।’ (सई) जोशीले शवको मुचुल्का उठाउने काम भइरहेको जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button