
धनकुटा,koshipost.com
धनकुटा जिल्लाकोे महालक्ष्मी नगरपालिकामा अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । नगरपालिका वडा नं. ५ लेगुवाको भगवती यूवा क्लव मेलाङचुङले आज देखी अन्तर पालिका वडा स्तरीय भलिबल प्रतियोगिताको शुरु गरेको हो । भलिबल प्रतियोगिताको महालक्ष्मी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष शिव कुमार तुम्बा र नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसादा पौडेलले संयक्त रुपमा प्रतियोगिताको उद्घाटन गर्दै खेलकुलको विकासमा राज्यले उचित ध्यान दिनु बताए ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,वरिष्ठ समाजसेवी मान वहादुर मिश्र,शान्त वहादुर कुवर लगायतले राज्यको पहिचानको रुपमा रहेको भलिबल खेलको लागी राज्यले उचित लगानी गर्नु पर्ने बताए । खेलकुदले यूवाहरुलाई अनुशासित बनाउनुका साथै स्वस्थ्य पनि बनाउने भएकाले सवैले खेलकुदमा सहभागी हुनु पर्नेमा उनीहरुको भनाई थियो ।
भगवी यूवा क्लव का अध्यक्ष भक्त वहादुर तामांगको अध्यक्षमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य क्लका पूर्व अधयक्ष दल वहादुर कुवरले गरेका थिए ।
प्रतियोगितच यही कार्तिक १७ गते सम्म संचालन हुने अयोजकले जनाएका छन् । प्रतियोगितामा विभिन्न पालिकाहरुका जम्मा १३ वटा टिमले भाग लिएको आयोजक क्लवका अध्यष भक्त वहादुर तामांगले जानकारी दिए । कार्यक्रममा महासमिति सदस्यहरु घनेन्द्रराज श्रेष्ठ,मिन कार्की जिल्ला सदस्यहरु ,जयन्द्र घिसिङ,पूर्व जिल्ला सहसचिव राजन पौडेल, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु,सहसचिव भोला भट्राई नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा नं। ४ का सभापती तेज कुमार श्रेष्ठ,वडा नं। ६ का सभापती राजिव बुढाथोकी, क्षेत्रिय प्रतिनिधि हिमा कार्की लगायत नेपाल तरुण दल धनकुटाका कार्यवहाक अध्यक्ष युवराज पराजलुी,क्षेत्रिय अध्यक्ष तिलक महत ,नेपाल निर्माण व्यवासायी संघ धनकुटका उपाध्यक्ष प्रकाश राई लगायतले पनि शुभ कामना व्यक्त गर्नु भएको थियो ।
