यस कारण तिहारमा झिलिमिली सँगै थरीथरीका रंगोली

काठमाण्डौं,koshipost.com
यस कारण तिहारमा झिलिमिलि सँगै थरीथरीका रंगोली बनाईन्छ । रंगोली कस्तो हुनुपर्छ, कसरी बनाउने ? प्राचीन कालमा रंगोलीलाई अल्पना भनिन्थ्यो । यसको अर्थ भने लेप लगाउनु हो । प्राचीन कालमा घरमा लेप लगाउँदा धनधान्यले भरिपूर्ण भइन्छ भन्ने विश्वास थियो । त्यसैले पनि विभिन्न उत्सव तथा तिहारमा रंगोली बनाइन्छ । रंगोलीले जीवनमा सुख(शान्ति तथा समृद्धि प्रदान गर्छ भन्ने जनविश्वास छ ।
–रंगोली घरमा भएका सामग्रीहरूबाट सहज रूपमा तयार गर्न सकिन्छ ।
–चामल वा मैदाको पिठोमा थरीथरीका रंग मिसाएर पनि रंगोली तयार गर्न सकिन्छ ।
–रंगोलीलाई सयपत्रीले सजाउनुपर्छ । यसको बीच वा कुनामा दियो बाल्दा अझ राम्रो देखिन्छ ।
यसमा रातो, पहेंलो, हरियो आदि रंगको चामल मिश्रण गरी आफूले चाहेको डिजाइन तयार गर्न सकिन्छ भने गहुँको पिठोमा पनि रंग मिश्रण गर्न सकिन्छ ।
रंगोलीका फाइदा
रंगोलीले मानसिक तनाव कम गर्नुका साथै सकारात्मक ऊर्जा प्रदान गर्छ ।
रंगोली बनाउँदा हातका औंला तथा दिमाग एकसाथ चल्ने हुँदा मस्तिष्क सक्रिय हुन्छ ।
रंगोली स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ, यसले उच्च रक्तचापबाट जोगाउँछ ।
फूल तथा रंग प्रयोग हुने भएकाले घरको वातावरण पनि ऊर्जाशील हुन्छ ।
रंगोली निर्माणले कलाप्रतिको प्रेम दर्शाउँछ
रंगोली हिन्दू संस्कृतिमा चलिआएको प्राचीन परम्परा तथा लोक कला हो । रंगोली विशेषगरी विभिन्न शुभकार्यमा बनाइन्छ । रंगोली देवी–देवताहरूका आकृतिमा तयार गर्ने परम्परा छ । रंगोलीको निर्माणमा चामल, सिन्दूर, बेसार, पिठो आदि प्रयोग गरिन्छ । रंगोली ठाउँअनुसार सानो–ठूलो बनाउन सकिन्छ ।
तिहारको रौनक सबैको घर–आँगनमा छाइसकेको छ । तिहारको लागि झिलिमिली बत्ती र फूलहरुले घरलाई सुन्दर बनाउन शुरुवात भइसकेको छ । अहिले अधिकांश मानिसहरु घरको सर९सफाइ गर्ने, झिलिमिली बत्ति राख्ने र घरलाई फूलहरुले सजाउने कार्यमा व्यस्त छन् ।
तिहारमा घरको बरन्डा, छत, भ¥याङमा माला र झिलिमिली बत्तिले सजाइएता पनि घरको आँगन भने रंगाली अर्थात मण्डपले नै सजाउनु पर्छ । हिजो आज रेडिमेड रंगालीका आकर्षक पोस्टरहरु बजारमा उपलब्ध हुन थालेका छन्, जसलाई घरको आँगन अथवा कोठाको भुईंमा राख्ने गरिन्छ । तर आज पनि मानिसहरु आफ्नो हातले बनाएको रंगोली मन पराउँछन् ।
रंगोली किन बनाउने ? यस्तो छ कारण
तिहारमा हामी आँगनमा रंगोली बनाउँछौ । कतिले यसमा स्वस्तिक चिन्ह बनाउँछन्, कतिले गणेशको आकृति । कसैले अरु कलात्मक रंगोली पनि बनाउँछन् । झिलिमिली पर्वमा रंगोलीले घरको थप शोभा बढाउँछ । यद्यपी यसको साइनो घरको सजावटसँग मात्र पनि छैन ।
खासमा कुनैपनि शुभकार्यमा रंगोली बनाइन्छ । यो लोक कला हो । रंगोली धार्मिक, सांस्कृतिक आस्थाको प्रतिक हो । यो आध्यात्मिक प्रक्रियाको एक महत्वपूर्ण अंग पनि हो । त्यसैले त विभिन्न हवन वा यज्ञमा पनि रंगोली बनाइन्छ । गाउँघरमा आँगन लिपपोत गरेर रंगोली बनाइन्छ । यसले भूमि शुद्धिकरण हुन्छ ।
रंगोली कस्तो हुनुपर्छ ?
१। तिहारको लागि रंगोली स्वस्तिक चिन्ह वा गणेशजीको आकृतिमा सजाउन सकिन्छ ।
२। यसमा साधारण ज्यामितिक आकार हुन्छ । त्यसमा विभिन्न देवी देवताको आकृति बनाइन्छ ।
३। रंगोलीका लागि सिन्दुर वा अन्य थुप्रै किसिमको रंग प्रयोग गर्न सकिन्छ । सुख्खा रंगहरुको प्रयोगबाट मात्रै पनि रंगोली बनाउन सकिन्छ ।
४। रंगोली बनाउनुभन्दा अघिल्लो रात नै चामललाई भिन्न भिन्नै रंगमा भिजाउने र सो रंगिन चामलले रंगोली बनाउन सकिन्छ ।
५। चामल वा मैदाको पिठोमा थरीथरीका रंग मिसाएर पनि रंगोली तयार गर्न सकिन्छ ।
६। रंगोलीलाई सायपत्री फूलले सजाउन सकिन्छ । त्यसको बिचमा वा कुनामा दियो बाल्न सकिन्छ ।
रंगोलीको रचना
रंगोली दुई प्रकारले बनाइन्छ । सुख्खा वा गिलो । दुवैलाई एक मुक्तहस्तले र दोस्रो बिन्दुलाई जोडेर बनाइन्छ ।
रंगोलीको इतिहास
प्राचीन कालमा रंगोलीलाई अल्पना भनिन्थ्यो । अल्पनाको अर्थ लेप लगाउनु हुन्छ । प्राचीन कालमा घरमा रंगीन तथा कलात्मक चित्रहरूको लेपनले घरमा धनधान्य हुन्छ भन्ने विश्वास गरिन्थ्यो । त्यसैले विशेषगरी तिहार तथा उत्सवहरूमा रंगोली बनाइन्थ्यो । रंगोलीले समृद्धि तथा खुसियाली ल्याउने विश्वास गरिन्छ । मोहन्जोदडो एवं हरप्पा संस्कृतिमा यस्ता कलाकृतिले घर सजाइन्थ्यो ।
रंगोलीको महत्व
रंगोलीलाई धार्मिक एवं सांस्कृतिक आस्थाको प्रतीक मानिन्छ । यो पूजापाठको एउटा महत्वपूर्ण अंग पनि हो । त्यसैले कुनै पनि धार्मिक कर्मकाण्ड गर्नुपूर्व रंगोली बनाइन्छ । गाउँघरमा आँगन लिपेर त्यसमा पिठो, अबिर, बेसार आदि प्रयोग गरी रंगोली बनाउने प्रचलन अहिले पनि छ । नेपाली संस्कृतिमा आँगनलाई लिपेर सुन्दर बनाउने चलन लामो समयदेखि चल्दै आएको छ ।
निर्माण विधि
रंगोली दुई तरिकाले बनाउन सकिन्छ–सुख्खा वा गिलो । चकले आउट लाइन बनाएर त्यसमा रंग भर्दा उत्कृष्ट रंगोली बन्छ । यसमा सेतो रंगले आउट लाइन बनाउन सकिन्छ । रंगोलीमा ज्यामितीय आकृति तथा फूल–पात निकै लोकप्रिय छ । अहिले बजारमा तयारी रंगोली पनि उपलब्ध हुन थालेको छ । आउटलाइन बनाएपछि आफूसँग भएका सामग्रीले रंगोली सजाउन सकिन्छ ।
