समाचारसमाजहेडलार्इन

धरान बराहमा सामान किन्दा कार र एक किलो सुन उपहार

धरान,kohipost.com

बराह गुरुप अफ कम्पनीले ‘बराह लक्की बम्पर उपहार’ योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकहरुले बराहमा नुनदेखि सुनसम्मको खरिदमा कार र एककिलो सुन जित्न सक्ने जनाइएको छ । ‘भाग्यशाली ग्राहकले निशान ब्राण्डको म्यागनाइट सानदार कार र १ किलो सुन जित्न सक्नुहुनेछ’, बराहद्वारा जारी विज्ञपितमा भनिएको छ, ‘साथै बराह स्पेसल डिसकाउन्ट कुपनसँगै बराह लक्की पर्सन अफ द डे पनी बत्र सक्नु हुनेछ ।’


बराह लक्की बम्पर उपहार योजनाअन्तर्गत १ किलो सुनको लक्की ड्र मा देशै भरीका बराहको शाखामा सुन खरिद गरेबापत ग्राहकले बराह लक्की बम्पर उपहार योजनामा सरिक हुन सकिने जनाइएको छ । त्यसैगरी निसान ब्राण्डको म्यागनाइट कारको लक्की ड्र मा देशैभरीका बराहको शाखामा रहेको सुनभन्दा बाहेकको सेवा जस्तै बराह डिर्पाटमेन्ट स्टोर, बराह फेमिली किचेन, बराह ट्राभल्स एण्ड टुर्सलगायत अन्य सेवाहरुको खरिद गरेबापत ग्राहकहरुले बराह लक्की बम्पर उपहार योजनामा सरिक हुन सक्ने जनाइएको छ ।


बराह स्पेसल डिसकाउन्ट कुपन देशैभरीका बराहको शाखामा उपलब्ध सेवाको हरेक कारोबारमा कुपन पाउन सक्नुहुनेछ । कुपनले हरेक बिलमा ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउनेछ । त्यसैगरी बराह लक्की पर्सन अफ द डे अन्तर्गत देशैभरीका बराहको शाखामा उपलब्ध रहेको सुनभन्दा बाहेकको सेवामा हरेक बिलमा एउटा स्क्रयाच कुपन पाउनुहुनेछ । जसलाई स्क्राच बक्सदेखि ग्राहक महानुभावहरुले तात्र सक्नु हुने जनाइएको छ । जसमा १ देखि ८० प्रतिशतसम्मको छुट पाउनुको साथै स्क्रयाच कुपनमा फ्री पाउनुभए सित्तैमा सेवा लिन सक्ने जनाइएको छ ।


विगत २७ वर्षदेखि ग्राहकहरुको सेवामा समर्पित भई नुनदेखि सुनसम्मको सेवा सुविधा दिँदै आइरहेको छ । बराहले दैनिक उपभोग्य सामानहरुको खरिद गरेबापत २०६५ सालदेखि अनवरतरुपमा बराह उपहार योजनाअन्तर्गत आफ्नो ग्राहकहरुलाई दैनिक उपभोग्य सामानको खरिदको आधारमा उपहार प्रदान गर्दै आएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button