
ओखलढुङ्गा,koshipost.com
घाँस काट्न रुख चढेका २२ वर्षीय युवाको मृत्यु भएको छ । ओखलढुङगा मोलुङ गाउँपालिका ७ पात्ले खानिचौरका निमा शेर्पाको रुखबाट लडेर मृत्यु भएको हो । घरबाट अन्दाजी ५ सय मिटर पश्चिममा रहेको खस्रु जातको घाँस काट्न चढ्दा रुखबाट लडेर शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी श्रीचौर र इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको ओखलढुङगाका प्रहरीले जनाएको छ ।