समाचारसमाजहेडलार्इन

आगलागी पिडित परिवारलाई महिला नेतृद्धारा आर्थिक सहयोग

[mashshare]

धरान,koshipos.com


आगालागी पिडित परिवारलाई महिला नेतृहरुले आर्थिक सहयोग गरेका छन् । धरान १७ का आगलागी पीडित परिवारलाई नेपाली कांग्रेस धरानको महिला नेतृहरुले आर्थिक सहयोग गरेको हो ।

महिला नेतृहरुलसोमबार आगलागी पीडित परिवारलाई ६ हजार १ सय रुपैया आर्थिक सहयोग गरेका हुन् । महिला नेतृहरुले नगद संकलन गरेर आगलागीबाट विस्थापित भएका परिवारलाई सहयोग हस्तान्तरण गरिएको कांग्रेस धरानकी कोषाध्यक्ष पञ्चकला राईले जानकारी दिइन् ।

गत शुक्रबार आगलागीबाट रिमला राईको काठको पुरानो शैलीको घर जलेर नष्ट भएको थियो । उक्त घरमा सिर्जना विक र महेन्द्र विकको दुई परिवार भाडामा बस्दै आएका थिए । आगलागीले दुई परिवार विस्थापित भएका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button