राजनीतिसमाचारहेडलार्इन

प्रदेशको नामाकरण हिउँदे अधिवेशनमा छलफल हुन्छ ःमुख्यमन्त्री राई

[mashshare]


धनकुटा,koshipost.com

१ नम्बर प्रदेको नामाकरण हिउँदे अधिवेशनमा छलफल हुने धनकुटा पुगेर मुख्यमन्त्री राजेन्द्र राईले बताएका छन् । प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश नामाकरण आगामी हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्ताव अघि सारिने बताएका हुन् ।


नामाकरणको प्रस्ताव पारित गर्न नेकपा एमालेको मुख्य भुमिका र साथ रहेकोले अन्यथा अप्ठेरो अवस्थामा रहेको मुख्य मन्त्री राईको भनाई छ । धनकुटामा रहेको मुख्य मन्त्रीको सम्पर्क कार्यालयमा मंगलबार पत्रकार भेटघाटमा उनले उक्त कुरा बताएका हुन् । वहुपहिचानको आधारमा नामाकरण तोकिनेबारेमा नेकपा समाजवादी सहित गठबन्धन दलको निश्कर्ष रहे पनि दुई तिहाईबाट पारित गर्न एमालेको साथ मुख्य रहेको मुख्यमन्त्री राईले बताए ।


धनकुटामा खोलिने भनिएको शिक्षण अस्पतालको लागि आवश्यक बजेट व्यवस्थापनमा आफु लागि पर्ने आश्वासन समेत मुख्यमन्त्री राईले भेटघाट कार्यक्रममा बोल्दै भने । आवश्यक जग्गा र भौतिक पुर्वाधारका लागि बजेट बढी लाग्ने भएकोले जटिलता भएपनि आफुले पहल गर्ने बताए । धनकुटामा मुख्यमन्त्री सम्पर्क कार्यालय खोलिएपनि अव्यवस्थित भएकाले जनशक्ति व्यवस्थापन गर्ने मुख्यमन्त्री राईले भने ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button