
धरान,koshipost.com
बैकिङ कसुर मुद्दामा फरार धरानका एक व्यक्ति पक्राउ परेका छन् । बैकिङ कसुर मुद्दाका अदालतबाट कैद र जरिवाना फैसला गरेपनि फरार रहेका धरानका मदन राई पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धरान १६ का ५२ वर्षीय मदन राई रहेका छन् । उनलाई उच्च अदालत बिराटनगरबाट २०७८ बैशाख १३ गते बैकिङ कसुर मुद्दामा १० दिन कैद र २१ लाख ५० हजार जरिवाना गर्ने फैसला गरेको थियो । अदालतबाट फैसला भएपनि राई भने फरार रहेका थिए ।
फरार रहेका राईलाई प्रादेशिक अनुसन्धान समुह बिराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई तोकिएको कैद भुक्तानको लागि कारागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।