
धरान,koshipsot.com
धरानमा सुजेन्द्र तामाङ प्यानलको उम्मेद्धारी घोषणा गरिएको छ । सुनसरीको क्षेत्र नं. १ को सभापतिमा सुजेन्द्र तामाङ प्यानलले उम्मेद्वारी घोषणा गरेको हो । विहिबार धरान–१५ स्थित धरान किचनमा आयोजित पत्रकार सम्मेलनमा तामाङ र तामाङको प्यानलले उम्मेद्वारी घोषणा गरेका हुन् । उनको प्यानलको सचिवमा केशव पुरी र महेन्द्र तामाङ, सहसचिवमा सुमित राई र भोजराज न्यौपाने रहेका छन् ।
त्यस्तै, प्रदेशसभा सुनसरी १ (१० कार्य समितिको उम्मेदवारमा सभापतिमा अनिल श्रेष्ठ, उपसभापतिमा प्रदीप शाक्य, झुमा राई, सचिवमा राजेन्द्र राई, युवराज शंकर, सहसचिवमा हरिप्रसाद ओझा र सहसचिवमा रमिता श्रेष्ठले उम्मेद्वारी दिएकी छिन् । यस्तै, प्रदेशसभा सुनसरी १ (२० कार्य समितिको सभापतिमा मुरारीप्रसाद भट्टराई, उपसभापतिमा चन्द्रबहादुर मगर (अनिल), डिल्लीशेर राई, सचिवमा विजय घिमिरे, राजेन्द्र खड्का, सहसचिवमा रोहित काफ्ले, मञ्जु राईको उम्मेद्वारी परेको छ ।
यस्तै, प्रदेशसभा सुनसरी (१० प्रदेश अधिवेशनको खल्लातर्फ कुसुम आचार्य (ओली), रहिसा कसजु (श्रेष्ठ), अञ्जना राई रोशन रेग्मी (रोशु), भुपेन्द्र भट्टराई, विद्या शाक्य, डम्बरबहादुर राई (सुवास), नरेश अग्रवाल, मञ्जिल कसजु (श्रेष्ठ) रमेश बस्नेत, जनजातितर्फ विष्णु मोक्तान, रमिना सुब्बा लिम्बू, किरण राई, खगेन्द्र देवान, दलिततर्फ बुना शंकर विश्वकर्मा, खस, आर्यतर्फ रविन आचार्यको उम्मेद्वारी छ । कार्यक्रममा बोल्दै सभापतिका उम्मेद्वार सुजेन्द्रले उनी राजनीतिमै लाग्छु भन्दै बीपी प्रतिष्ठानमा जागिर छोड्दै लागेका थिए । जिल्ला र क्षेत्रीय सचिव समेत भइसकेका तामाङ यसअघि मेयर, सांसद्का लागि चर्चामा आएको नाम थियो ।
बिहीबार प्रदेश १ का सांसद् चन्द्रप्रसाद श्रेष्ठलगायतका नेताहरुको उपस्थितिमा उनले उम्मेदवारी घोषणा गरेका थिए । कार्यक्रममा बोल्दै उनले आफू सभापतिमा जितेरै छाड्नका लागि उम्मेद्वारी घोषणा गरेको बताए । ‘यो महाधिवेशन युवाहरुको महाधिवेशन हो, नेतृत्व परिवर्तनको महाधिवेशन, एकताको महाधिवेशनका रुपमा मैले लिएको छु, यो महाधिवेशनमा हामी उठेका मात्रै छैनौं’, उनले थपे, ‘हाम्रो सिङ्गो प्यानल जितेरै छाड्छु भन्ने हिसाबले आएको हो ।’ जनताको भाग्य र भविष्य निर्माणका लागि आफूहरु अघि बढेको उनले बताए । उनले जिम्मेवार नेता चयन हुनुपर्ने धारणा पनि राखे । आफूहरुको प्यानल झुटको खेती नगर्ने, झुटको जगमा नउभिएको बताउँदै उनले सत्यताको जगमा उभिएको दावी गरे । ‘
उनले प्रतिस्पर्र्धीाई फाइदाका लागि पार्टी छोड्ने, फाइदाका लागि पाटी छोड्ने समेत भएको आरोप लगाए । ‘हामी सत्यको जगमा उभिएका छौं, हामी सबै साथीहरु इमान्दार छौं’, उनले भने, ‘मेरा प्रतिस्पर्धी समूहका साथीहरु पार्टी छोड्ने र साथी छोड्नेहरु छन्, हामी त्यस्तो छैनौं ।’ उनले कांग्रेसको चारतारे झन्डा झुक्न नदिने उनले बताए । उनले आफूले जिते धरान, चतरा, भरौल र बक्लौरीका जनताको हितमा काम गर्ने बताए । उनले आफूहरुको जीत सुनिश्चित भएको पनि दावी गरे । उनका अनुसार अहिले क्षेत्रीय प्रतिनिधिहरुमाझ आफूहरुले ढ्वाङ पिटिसकेका छौं । उनले नेता चन्द्रप्रसादको साथले पनि आफूले जितिछाड्ने दावी गरे ।
कार्यक्रममा बोल्दै नगर सभापति श्याम पोख्रेलले प्रतिस्पर्धा स्वभाविक भएको बताए । उनले आफूहरुले कसैको आलोचना नगरेको बताए । उनले पार्टीभित्र तीनवटा देखिएको समूह देखिएपनि आफूहरुलाई नगरमा जिताएजस्तै गरेर जिताएर देखाउन आग्रह गरे ।







