राजनीतिसमाचारहेडलार्इन

प्रदेश १ मा नेपाली काँग्रेसको अधिवेशनमा एक हजार बढी मत खस्यो

विराटनगर,koshipost.com


प्रदेश १ मा नेपाली कांग्रेसको अधिवेशनमा १ हजार ७ सय ५३ मत खसेको छ । काँग्रेस प्रदेश १ को नेतृत्वका लागि भएको निर्वाचनमा १ हजार ७ सय ५३ मत खसेको हो । १४ औँ महाधिवेशन अन्तर्गत भएको पहिलो प्रदेश अधिवेशनबाट नेतृत्व छनोटका लागि शनिबार दिउँसो मतदान भएको थियो ।


प्रदेश १ अधिवेशनमा संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धव थापा उम्मेदवार बनेका छन् । शनिबार बिहान ८ बजेबाट मतदान शुरु गर्ने कार्यसूची रहेतापनि विवादका कारण साढे ६ घण्टा पछि दिउँसो साढे २ बजेबाट मतदान शुरु भएको थियो ।


मतदानमा १ हजार ७ सय ५३ मत खसेको मतदान अधिकृत भरतबहादुर थापाले जानकारी दिए । प्रदेश १ मा १ हजार ८ सय ५ जना मतदाता थिए । मतगणना भने आइतबार बिहान ८ बजेबाट शुरु हुने थापाले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button