
विराटनगरkoshipost.com
१ नम्बर प्रदेशमा थप ४९ जनामा कोरोना भाईरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार ५ सय ८ जनाको पीसीआर परीक्षण गर्दा ४१ र १ सय १ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणका आधारमा मोरङमा १५, झापामा १४, सुनसरीमा ६, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको विकास मन्त्रालयले जनाएको हो ।
सुनसरीको इटहरीमा ५ र धरानमा १ जनालाई संक्रमण देखिएको छ भने धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै,मोरङको विराटनगरमा १०, सुनबर्षी र बुढीगंगामा २–२, रतुवामाईमा १ जनामा संक्रमण भएको छ भने झापाको भद्रपुरमा ४, मेचीनगर, अर्जुनधारा, विर्तामोड र कमल गाउँपालिकामा २–२, दमक र हल्दिबारीमा १–१ जना रहेका छन् ।
यही अवधिमा १ नम्बर प्रदेशमा थप १७ जनाले कोरोनालाई जितेर निको भई घर फर्केका छन् । संक्रमणमुक्त हुनेमा ५ महिला र १२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।