
धरान,koshipost.com
हङकङमा कार्यरत नेपाली महिलाहरुको संस्था एचके नेप्लीज गोल्डेन हर्टस्ले धरान १५ का दिव्याना श्रेष्ठ (निलिमा) का छोरीका लागि सद्भाव स्वरुप १ लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ । धरानमा सोमवार (आज) एक कार्यक्रमका बीच उक्त रकम निलिमाका आमा हेमु श्रेष्ठलाई प्रदान गरेको हो । हङकङमा कार्यरत नेपाली महिलाहरुको संस्था एचके नेप्लीज गोल्डेन हर्टस्का डोल्मा तामाङ (तृष्णा शेर्पा) ले पठाएको सो रकम धरानका समाजसेवी तथा गायिका हर्षु राईले निलिमाका आमा हेमु श्रेष्ठलाई हस्तान्तरण गरेकी हु्न् ।
हङकङमा ४ वर्षसम्म कार्यरत रहँदा निलिमाले एचके नेप्लीज गोल्डेन हर्टस्मा आबद्ध रही संस्थाका सहकर्मीहरुसँगै दुःखी पीडितलाई सहयोग गरेकी थिइन् । निलिमा उपचारका लागि विगत ९ महिना अघि नेपाल आएकी उनकी आमाले बताईन् । उपचार हुँदा हुदै निलिमाकोे धरानमा असामयिक निधन भएको थियो ।
‘छोरी उपचारका लागि ९ महिना अघि नेपाल आएकी थिइन् उपचार गरौं बचाउन सकिएन छोरीले विदेश हङकङमा बस्दा पनि सामजिक काम गरेकाी रहेछिन् विरामी परेर नेपाल आईन् सक्दो उपचार गर्यौं निको भएन उसलाई सम्झेर रकम नेपाल पठाई दिनु भयो उनको साथीहरुले सबैलाई धन्यवाद् यो पैसा मृतक निलिमा छोरीको छोरी छ मेरो नातिनी उसको पढाईमा खर्च गर्छु’ मृतक निलिमाको आमाले बताईन् । रकम ग्रहण गर्दै मृतक निलिमाका आमा हेमुले आफ्ना छोरी सम्बद्ध संस्था एचके नेप्लीज गोल्डेन हर्टस् प्रति आभार समेत व्यक्त गरिन् ।