समाचारसमाजहेडलार्इन

प्रतिबन्धित लागुऔषध गाँजा बेच्न हिडेका दुई जना युवा पक्राउ


उदयपुर,koshipos.com

प्रतिबन्धित लागुऔषध गाँजा बेच्न हिडेका २ जना युवा पक्राउ परेका छन् । उदयपुरमा अबैध लागुऔषध गाँजासहित २ जना युवा पक्राउ परेको हो । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ नमूना चोकबाट गाँजासहित उनीहरु पक्राउ परेका हुन् । चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारदेखि सप्तरीको फत्तेपुरतर्फ जाँदै गरेका रुपेश सदार जीबछ मण्डललाई चेकजाँच गर्ने क्रममा साथबाट गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरीकार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए । पक्राउ पर्ने दुई मध्ये २६ वर्षीय सदा सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर (९ कमलपुरका स्थानीय हुन् भने अर्का २९ वर्षीय मण्डल पनि सोही ठाउँको रहेको प्रहरीले जनाएको छ ।

बेलका नगरपालिका क्षेत्रबाट मदन भण्डारी लोकमार्ग हुँदै सप्तरीको फत्तेपुरतर्फ स ११ प १७९ नम्बरको मोटरसाइलमा जाँदै गरेका उनीहरूलाई प्रहरीले शंका लागेपछि खानतलासी गर्दा उनीहरुको साथबाट १ किलो गाँजा बरामद भएको हो । अनुसन्धानको क्रममा दुवैजना लामो समयदेखि व्यवसायिक रुपमै गाँजा ओसारपसारको कार्यमा संलग्न देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button