समाचारस्वास्थ्यहेडलार्इन

१ नम्बर प्रदेश प्रदेश १ म ६ सय बढीले कोरोनालाई जितेर निको भए , थप १४४ जनामा

विराटनगर, koshipost.com

प्रदेश १ मा ६ सय ६२ जनाले कोरोनालाई जितेर निको भएका छन् । यस अवधिमा प्रदेश १ मा थप १ सय ४४ जनामा कोरोना पुष्टि भएको सामजिक विकास मन्त्रालय तथ्याङ्गले देखाएको हो ।


सामाजिक विकास मन्त्रालयका अनुसार २ सय २२ जनाको पीसीआर परीक्षण गर्दा ६२ र ३ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा २१, धनकुटामा ७, झापामा ६, उदयपुरमा २, तेहृथुममा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


मोरङको विराटनगरमा १८, जहदा, ग्रामथान, लेटाङ, बेलबारी र स्थानीय तह नखुलेका १–१ जना पुष्टि भएका छन् । सुनसरीको धरानमा १७, इटहरीमा ४ जना रहेका छन् । यस्तै, धनकुटा नगरपालिकामा ४, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा ४, मेचीनगर र विर्तामोडमा १–१, उदयपुरमा २, तेहृथुममा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


यस अवधिमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको बताईएको छ । हाल प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ३ हजार ४ सय ७६ रहेको सामाजिक विकास मन्त्रालय तथ्याड्ढमा देखिएको हो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button