राजनीतिसमाचारहेडलार्इन

प्रेस सेन्टरले धरानमा तेस्रो नगर सम्मेलन गदै


धरान,koshipost.com

प्रेस सेन्टर नेपाल सुनसरीले तेस्रो नगर कमिति गठन गर्ने भएको छ । शनिबार धरानमा बसेको बंैठकले सेन्टरको तेस्रो नगर कमिटि गठन गर्ने निर्यण गरेको हो । यही माघ २६ गते धरान उपमहानगरपालिका धरानमा सेन्टरको नगर कमिटि गठन गर्ने तयारी रहेको सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्काीले जानकारी दिए ।


बिनोद बिश्वकर्माको संयोजकत्वमा १७ सदस्यीय आयोजक कमिटि गठन गरिएको छ । आउदो बुधबार धरानमा तेस्रो नगर सम्मेलन गर्ने तयारी भएकोे संयोजक बिश्वकर्माले बताए । सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा भएको भेलामा केन्द्रीय सदस्यहरु श्री शिशा राई, जनकऋषि राई, अर्जुन शर्मा, भरतराज शर्मा,(गोपाल) यस्तै प्रदेश सदस्य सन्जय याख्खा जिल्ला समन्वय कमितिका सह–सचिव दिल बहादुर राई सदस्य रेसु राईको उपस्थिती रहेको थियो । सम्मेलन सम्पन्न गर्न भेलाले विभिन्न जिम्मेवारी समेत तोकेको छ ।


गत कार्तिक (१६ गते सेन्टरको चौथो जिल्ला अधिवेशन सम्पन्न भएपछि जिल्ला समन्वय समिति सुनसरीले यही माघ(६ गते देखि १० गतेसम्म ५ दिने नि–शुल्क आधारभुत पत्रकारिता तालिम संचालन गरेको थियो । त्यस्तै, जिल्ला समितिले माघ(१५ गते इटहरी(१६ पकली स्थित राम जानकी शान्ती बृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई खिर र फलफुल खुवाएर आफ्नो १८ औं स्थापना दिवस मनाएको थियो ।


धरानमा नगर सम्मेलन सम्पन्न भएपछि जिल्लाका अन्य पालिकामा पनि पालिका गठन तिब्र रुपमा अघि बढाइने जिल्ला अध्यक्ष तिर्थ कार्कीको भनाई छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button