अध्ययनका लागि विदेश पठाएका विद्यार्थीलाई अलपत्र पार्ने कन्सल्टेसी लगायत संघ संस्थालाई गृह मन्त्रालयले दिए चेतवानी

काठमाण्डौं, koshipost.com
अध्ययनका लागि विदेश पठाएर अलपत्र पार्ने कन्सल्टेन्सी लगायत संघ संस्था र व्यक्तिलाई गृह मन्त्रालयले कारबाही गर्ने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति निकाल्दै कारबाहीको चेतावनी दिएको हो । विभिन्न देशका शैक्षिक संस्थाहरूमा अध्ययान गर्नका लागि विद्यार्थीहरु विदेश जाँदा सम्बन्धित देश, शैक्षिक संस्थाहरूले निर्धारण गरेको प्रक्रिया पूरा नगरी जाने, उक्त देशहरूमा गई अलपत्र पर्ने भएका कारण मन्त्रालयले कारबाही अघि बढाउने सोमबार जारी गरेको विज्ञप्ती उल्लेख गरिएको छ ।
पै्रसा तिरेर विदेश पुगेका कतिपय विद्यार्थीहरु अलपत्र भई नेपाल नै फिर्ता हुने जस्ता घटना, समाचार र गुनासाहरु प्राप्त भएको भन्दै मन्त्रालयले विज्ञप्ति मार्फत कारबाही गर्ने चेतावनी दिएको हो । इजाजतपत्र नलिई अनाधिकृत रूपमा सञ्चालन भएका शैक्षिक परामर्शदाता संघ संस्थाहरु अनलाइनमा प्रलोभनका विज्ञापन गर्ने शैक्षिक संस्थाहरू, अवैधरुपमा विदेश स्थित विभिन्न देशका शैक्षिक संस्थाहरूको प्रतिनिधिको रूपमा कार्य गर्ने व्यक्तिहरु माथि सरकारले निगरानी गरिरहेको मन्त्रालयले विज्ञप्ती भनेको छ ।
गैरकानूुनी रुपमा काम गरीरहेका संस्था व्यक्ति उपर नेपालमा भए जिल्ला प्रशासन, नजिकको प्रहरी कार्यालय र विदेशमा भए नेपाली नियोगहरुमा सम्बन्धित व्यक्तिले सुचना उजुरी दिन मन्त्रालयले विज्ञप्ती मार्फ जानकारी गराएको छ । विद्यार्थीलाई अलपत्र पार्ने संस्थाहरु व्यक्ति र समूह जोसुकैलाई प्रचलित कानून बमोजिम मन्त्रालयले कारबाही गर्ने विज्ञप्तीमा उल्लेख गरेको छ । बैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाहरुले निर्धाण गरेको प्रक्रिया पुरा गरेर मात्र अध्ययनका लागि जान सम्बन्धि सबैलाई मन्त्रालय आग्रह गरेको छ
