समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा बितेको २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, koshipost.com

१ नम्बर प्रदेशमा वितेको २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५९३ जनाको पीसीआर परीक्षण गर्दा १२८ जना र ५३६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ गरी २७४ जनामा संक्रमण पुष्टि भएको हो ।

सामजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, सुनसरीमा २९, झापामा २२, संखुवासभा र भोजपुरमा ४–४, धनकुटामा ३, पाँचथर, इलाम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।


झापाको विर्तामोडमा ७, अर्जुनधारा, कनकाई र भद्रपुरमा ३–३, दमकमा २, शिवसताक्षी, मेचीनगर, कमल र झापा गाउँपालिकामा १–१ जना संक्रमित थपिदा संखुवासभाको खाँदबारीमा २, सभापोखरी र स्थानीय तह नखुलेका १–१ जना छन् । यस्तै, भोजपुरको भोजपुर नगरपालिकामा ३ र स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा २ र छथरजोरपाटीमा १, पाँचथरको फाल्गुनन्द, इलामको चुलाचुली र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


त्यस्तै, मोरङको विराटनगरमा २९, बेलबारीमा ५, बुढीगंगा, पथरीशनिश्चरे र जदहामा ४–४, रंगेली, ग्रामथान, उर्लाबारी र रतुवामाईमा २–२, केराबारी, सुन्दरहरैचा र मिक्लाजुङमा १–१ जनामा संक्रमण देखिएको छ भने सुनसरीको इटहरीमा १३, धरानमा ६, रामधुनीमा ३, देवानगञ्ज, बराहक्षेत्र र दुहवीमा २–२ र स्थानीय तह नखुलेका १ जना छन् ।


प्रदेश १ मा यस अवधीमा थप ३८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८९ महिला र १९२ पुरुष रहेका छन् । यसै समयमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र एक पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या २ हजार ३७३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button