समाचारसूचना प्रबिधिहेडलार्इन

फारम भर्न छुटेका भुमिहिन दलित, सुकुम्बासीहरुले फागुन २ गतेभित्र आफ्नो वडा कार्यालयमा निवेदन दिई सक्नु पर्ने, यी कागजपत्र सहित

[mashshare]

धरान, koshipost.com
फारम भर्न छुटेका भूमिहिन दलित,सुकुम्वाीहरुले आगमी फागुन २ गते भित्र आवश्यक कागजपत्र सहित आफ्नो वडा कार्यालयमा निवेदन दिई सक्नु पने छ । सुनसरीको धरानमा फारम भर्न छुटेका भुमिहिन दलित, सुकुम्बासीहरुले फागुन २ गतेभित्र निवेदन दिनुपर्ने भएको हो । धरानमा लगत संकलन गर्दा छुटेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई वडा कार्यालयमा निवेदन दिन एक साताको समय उपलब्ध गराईएको छ ।

धरान उपमहानगरपालिकाले फारम भर्न छुट भएकाहरुलाई माघ २५ गतेदेखि फागुन २ गतेसम्म आवश्यक कागजातसहित वडा कार्यालयहरुमा निवेदन दिन आह्वान गरेको हो । उपमहानगरपालिकाकाको लगत संकलन ईकाई प्रमुख वेदप्रसाद सापकोटाका अनुसार धरानमा फारम भर्न छुटेको भन्ने गुनासो आएकोले निवेदन दिने समय १ साताको थपिएको छ । १ साताभित्र आवश्यक कागजसहित निवेदन दिनुपर्ने र त्यसको आधारमा पछि फारम भरिने पनि सापकोटाले जानकारी दिए ।

निवेदनको आधारमा धरानमा कति परिवार छुटेका छन् भन्ने प्रष्ट हुने प्रमुख सापकोटाले बताए । उक्त तथ्यांकले लगत संकलनको लागि कति कर्मचारी आवश्यक पर्छ भन्ने पनि थाह हुने र छुटेकाहरुलाई फारम भर्ने कार्य त्यसपछि शुरु हुने उनको भनाई छ । यसअघि धरानमा १३ हजार ३१० वटा फारम संकलन भइसकेको थियो ।

संघीय सरकार परिवर्तन भएलगत्तै गठबन्धन सरकारले भुमि आयोग खारेज गरेपछि धरानको लगत संकलन रोकिएको थियो । सरकारले केशव निरौलाको अध्यक्षतामा पुनः राष्ट्रिय भुमि आयोग गठन गरेपछि यही माघ २१ गते आयोग र धरान उपमहानगरपालिकाबीच सम्झौता भएको थियो । अध्यक्ष निरौलाले अघिल्लो आयोगको पालामा भएको कामलाई स्वामित्व ग्रहण गर्दै निरन्तरता दिने बताएका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button