
धरान,koshipost.com
कांग्रेस जनप्रतिनिधि र पार्टी नेतुत्वबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुनसरी क्षेत्र नं. १ अन्तर्गतका नेपालीकांग्रेसकाजनप्रतिनिधि र पार्टी नेतृत्ववीच अन्तरक्रिया भएको हो ।
मंगलबार पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रसेका सभापति स्व. सुशीलकोइरालाको छैटौं स्मृतिदिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. १ लेअन्तरक्रिया गरेको थियोे । कार्यक्रममा स्व. कोइरालाको तस्विरमा माल्यार्पण गरी उहांले गर्नु भएको योगदानको चर्चा समेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि १ नं. प्रदेश महामन्त्री उमेश थापाले स्थानीय तहको निर्वाचनमा अन्यदलसंग तालमेल गर्न नहुने जिकिर गरे । उनले विगतमा जनप्रतिनिधिहरुले पार्टीसंग प्रभावकारी समन्वय नगरेको र पार्टीले पनि जनप्रतिनिधिहरुसंग समन्वय नगरेको भन्दै अन्तरक्रिया कार्यक्रमले एक अर्कामा समन्वय र सहकार्य गर्ने वातावरण बनेको बताए ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टी नेतृत्व र जनप्रतिनिधिवीच सहकार्य र समन्वयलाई प्रभावकारी बनाई जनचाहना बमोजिमकार्य गर्न अबनिरन्तर छलफल, बैठक र संवादगरिने बताए ।उनले संगठन विस्तार, सुदृढिकरण र सशक्तिकरणमा जोड दिइने भन्दै फागुन १ गते देखि पार्टी नेतृत्वगाउंगाउं जाने बताए । उनले वडाको टिकट वितरणमा परिपक्वएवम् उचितनिर्णय गरिने समेत बताए ।
जिल्ला सचिवमाधव घिसिङले महाधिवेशनको प्रतिष्पर्धालाई भुलेर अब सबैजना स्थानीयतहको निर्वाचनमाहोमिनुपर्ने बताए । महाधिवेशन प्रतिनिधि एवम् धराननगर प्रमुख तिलक राईले आफुहरुले राम्रो काम गर्ने प्रयास निरन्तर गर्दै आएकोे बताउंदै पार्टी र जनप्रतिनिध वीच सहकार्य हुनुपर्ने बताए ।् बराहनगर सचिव एवम् बराह २ का वडा अध्यक्ष हरिकृष्ण भट्टराईले शिक्षा, स्वास्थ्य र सिंचाईको क्षेत्रमा वडामा राम्रो काम गरिएको बताए ।
रामधुनीनगर सचिव दोस्तीरामचौधरीले विगतमापनि टिकट वितरणमा कमीकम्जोरी भएको भन्दै यस पटक टिकट वितरण गर्दा राजनीतिक क्षेत्रमामात्रनभई समाजिक क्षेत्रमा समेत ख्याती कमाएकालाई प्राथमिकता दिनुपर्ने बताए । बराह १ का वडा अध्यक्ष सुरेश श्रेष्ठले पार्टीले गर्ने कार्यक्रमहरुमा जनप्रतिनिधिहरुलाई खासै जानकारी गराउने नगरेको भन्दै पार्टीको कार्यक्रममापनि समेट्न आग्रह गरे । उनले वराहनगरपालिकामा आफुहरु अल्पमतमा रहेको भन्दै नगर प्रमुखवाट पूर्ण असहयोग रहने गरेको बताए ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १ नंं. प्रदेश सदस्य अन्जना राई, जिल्ला सहसचिव गणेश सुब्बा, जिल्ला सदस्यह? विनोद घिमिरे, प्रदिप बस्नेत, अनुपमा सुनुवार, विजय चौधरी, महाधिवेशन प्रतिनिधिहरु चन्द्रशेखर लामा, कृष्णकला मादेन, विकास आचार्यं, ललिता अधिकारी, ममता तामाङ, प्रदेशसभा क्षेत्र सभापतिद्धय अनिलश्रेष्ठ, मुरारी भट्टराई, धराननगर सभापति श्याम पोखरेल, क्षेत्रीय सचिव महेन्द्र प्रधान, कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, सहसचिवद्धय भोजकुमार न्यौपाने, सुमित राई, प्रदेशसभा क्षेत्र सचिव युवराज शंकर, कोषाध्यक्ष रविना सुब्बा गु?ङ, धराननगर उपसभापतिएवम् ५ नं. वडा अध्यक्ष सन्तोष लिम्वु, धराननगर सचिव हिमाल श्रेष्ठ, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।