राजनीतिसमाचारहेडलार्इन

धरान नगरमा नेकपा एमालेका पुर्व जिल्ला सदस्य रेवतीरमण राईको अध्यक्षतामा नेकपा एसको ७१ नगर कमिटी घोषणा

[mashshare]


धरान,koshipost.com

धरान नगरमा नेकपा एमालेका पूर्व जिल्ला सदस्य रेवतीरमण राईको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी)को ७१ नगर कमिटि गठन गरिएको छ । नेकपा एमालेलाई चुनौती दिदै धरानमा ७१ उपमहानगर कमिटि घोषणा गरिएको हो । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् ।


शुक्रबार सुनसरीको उद्योग वाणिज्य संघको हलमा कार्यक्रम आयोजना गरी राईको अध्यक्षतामा ७१ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा शुक्रलाल लिम्बु र पदमा सुब्बा छिन् भने सचिवमा खेम दाहाल रहेका छन् ।

यस्तै, उपसचिवमा अमृता रामदाम र स्वर्णिमहाङ फोम्बो रहेका छन् । अध्यक्ष राई एमालेका पुर्वजिल्ला सदस्य हुन् । उनी गएको अधिवेशनमा जिल्ला कमिटी सदस्यमा पराजित भएका थिए । यस्तै, उपाध्यक्ष पदमा सुब्बा धरानको वडा नं १३ का निवार्चित वडा सदस्य हुन् । यस्तै, उपसचिव स्वर्णिमहाङ फोम्बो एमालेको वडा नं ५ मा कमिटी समायोजन पछि उपाध्यक्षमा थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका नेता धर्मराज निरौलाले एमालेमा धेरै जना अझै पनि पर्ख र हेरको स्थितिमा रहेको भन्दै अब उक्त पार्टीमा कल्याण नहुने भएकोले ढिलो छिटो नेकपा एसको ब्यानरमा आउने बताए । उनले भने,‘त्यो पार्टीमा तपाईहरुको कल्याण हुदैन, ढिलो छिटो यही पार्टीको ब्यानरमा आउनुपर्छ, अहिले एमालेमा रहनुभएका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

नेता निरौलाले रेवतीरमण राई धेरै सिनियर नेता भएकोले प्रदेश कमिटीको लागि योग्य भएको तर अन्तरिम कालको लागि धरानको नेतृत्व सुम्पिएको बताए । अध्यक्ष राईले संकटको बेला धरानको नेतृत्व गर्ने र पछि प्रदेश कमिटीमा व्यवस्थापन गरिने पनि निरौलाको भनाई छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button