समाचारसमाजहेडलार्इन

आमा र श्रीमतीको हत्या गर्ने दुई जना पक्राउ

[mashshare]


झापा,koshipost.com


आमा र श्रीमतीको हत्या गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सामान्य निहुँमा आफ्नै आमा र श्रीमती संग विवाद भई हत्या गरेको आरोपमा झापा र मोरङमा २ जना पक्राउ परेको हो । परिवारभित्र सामान्य निहुँमा जघन्य हत्यासम्मको घटनाहरु समाजमा भइरहेका छन् । पछिल्लो समय झापा र मोरङमा यस्तै दुई घटना भएको छ ।


१ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार झापाको झापाको भद्रपुर नगरपालिका १ लाहुरे चोकमा श्रीमतिको हत्या अभियोगमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३४ वर्षीय अमर बहादुर तामाङ रहेका छन् । उनले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।


तामाङले सोमबार बिहान साढे ५ बजे मोबाइल बिगारेको निहुँमा ३४ वर्षीया अनिता लिम्बुलाई घाँटी तथा शरीरमा चक्कु प्रहार गरेका थिए । श्रीमतिको घरमा नै ज्यान गएको थियो । श्रीमान् तामाङलाई सीमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिएर थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा पठाएको छ । मृतक शव पोष्टमार्टमको लागि मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


त्यस्तै, मोरङको उर्लाबारी नगरपालिका ४ आइतबारेमा आफ्नै आमाको हत्या अभियोगमा ३५ वर्षीय गंगा प्रसाद भण्डारी पक्राउ परेका छन् । उनले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले गएको आइतबार बेलुका साँढे ४ बजे घरयासी बिबादमा ७० वर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपट प्रहार गरेका थिए ।

चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा आईतबार राती साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । आमाको मृत्यु भएपछि छोरा गंगा प्रसादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर कानुनी प्रकृया अघि बढाएको जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button