समाचारस्वास्थ्यहेडलार्इन

पछिल्लो २४ घण्टामा १२८ जना कोरोना संक्रमित थपिए, २ महिलाको मृत्यु


विराटनगर,koshipost.com

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । ४५३ जनाको पीसीआर परीक्षण गर्दा ६१ र ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।


पीसीआर परीक्षणका आधारमा मोरङमा २१, झापामा १६, सुनसरीमा ११, इलाम, तेहृथुम र पाँचथरमा २(२ , खोटाङ, उदयपुर र सङ्खुवासभामा १(१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


मोरङको विराटनगरमा ९, उर्लाबारीमा ४, बेलबारी र सुन्दरहरैचामा २(२, रङ्गेली, रतुवामाई, बुढीगंगा र स्थानीय तह नखुलेका १(१, झापाको दमक र शिवसताक्षीमा ४(४, बिर्तामोड र गौरादहमा ३(३, हाल्दिबारी र कनकाईमा १(१, सुनसरीको इटहरीमा ६, धरानमा ३, इनरुवा र भोक्राहानरसिंहमा १(१, तेहृथुमको फेदाप र आठराईमा १(१, पाँचथरको फाल्गुनन्द र फिदिममा १(१ , खोटाङको ऐसेलुखर्क, उदयपुरको कटारी र संखुवासभाको मकालुमा १(१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा आज ६२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३२ महिला र ३० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा २ महिलाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४५५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button