
धरान,koshipost.com
सुनसरीमा कांग्रेसले एकताको सन्देश दिएको छ । विभिन्न गुट उपगटमा विभक्तभएर १४ औं महाधिवेशनमा होमिएका कांग्रेसले सुनसरी क्षेत्र नं. १ मा भने महासमिति सदस्यको निर्वाचन सर्वसम्मत गरेर एकताको सन्देश दिन कार्यक्रम सफल बनाएको हो । महाधिवेशनप्रतिनिधिहरु मध्येवाट क्षेत्रीय प्रतिनिधिहरुले ११ जना महासमिति सदस्यको चयन गर्नुपर्ने कांग्रेसको विधानमा व्यवस्था रहेको छ । क्षेत्र नं. १ मा २६ मध्ये २३ जना कोइराला समुहवाट र ३ जना देउवा समुहवाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।
सर्वसम्मत चयन भएका महासमिति सदस्यहरु प्रत्यक्ष (खुल्ला) माचन्द्रप्रसादश्रेष्ठ, उमेश थापा, विनोद राई, तिलक राई र पर्वत राई, महिला(खुल्ला)माश्यामा रेग्मी र ममतातामाङ, खसआर्य (खुल्ला)मा जगत कार्की, आदिवासीजनजाति(खुल्ला)मा सुवास राई, आदिवासीजनजाति (महिला) मा कृष्णकला मादेन, दलित (खुल्ला) मा संतोष विश्वकर्मा रहेका छन् । यीमध्ये विनोद राई र ममतातामाङ देउवा पक्षवाट महाधिवेशनप्रतिनिधिकाउम्मेदवार बनेकाथिए ।
सबै जना महाधिवेशन प्रतिनिधिहरु महासमिति सदस्यको आकांक्षी भएतापनि क्षेत्रीय सभापति सुजेन्द्र तामाङ,जिल्ला सचिवमाधव घिसिङ, प्रदेश सभा निर्वाचन क्षेत्र सभापतिद्धय अनिलश्रेष्ठ र मुरारी भट्टराई, धराननगर सभापतिश्यामपोखरेल, उपसभापतिप्रविन राईको समुहले पटक पटक संवाद र छलफल गरी सर्वसम्मतगर्न सफलभएको सभापतितामाङले बताए । उनले पार्टी एकता र आसन्ननिर्वाचनलाई मध्यनजर गरी सहमतिमाजोड दिइएको बताउंदै सहमतिको वातावरण बनाउन सहयोग गर्ने सबैप्रतिधन्यवादव्यक्तगर्नुका साथै त्याग गर्ने नेता साथीह?को पनिउच्चमूल्यांकनगरिने बताए ।
सभापतितामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमम जिल्ला सचिवमाधव घिसिङ, प्रदेश सभा निर्वाचन क्षेत्र १(१) का सभापति अनिल श्रेष्ठ, निर्वाचन अधिकृत वालकृष्ण चम्लागाई लगायतले निर्वाचित सबैलाई बधाई तथा शुभकामना दिएका थिए । महासमिति सदस्यमा सर्वसम्मत निर्वाचित भएका पार्टी एकताको सन्देश दिएको भन्दै सदस्यहरुले खुशी व्यक्त गरेका थिए ।
