समाचारसमाजहेडलार्इन

प्रतिबन्धित लागअुौषधी सहित धरानमा एक जना युवा समातिए

[mashshare]

धरान,koshipost.com
प्रतिबन्धित लागुऔषधीसहित धरानमा १ जना युवा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका ५ का २८ वर्षीय सुवास राई पक्राउ परेको हो । उनलाई गए राती ११ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानको टोलीले घरबाट नै पक्राउ गरेको हो । सुवास सुत्ने कोठामा खानतलासी गर्दा निषेधित औषधी फेला परेको प्रहरीले जनाएको छ ।


राईको कोठाबाट स्पासपेन ७४२ ट्यावलेट, ट्रमाडोल ७१४ क्यापसुल र टापेन ४० ट्यावलेट गरी जम्मा १४९६ ट्यावलेट तथा क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ । निषेधित औषधीसहित पक्राउ परेका राईलाई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button