
धरान, koshipost.com
जनता समाजवादी पार्टी नेपालले सुनसरीको धरान ९ मा ११ सदस्यीय समिति गठन गरेको छ । नेपालले धरान उपमहानगरपालिका वडा न ९ मा कार्य समितिको अध्यक्षमा नबिन कुमार श्रेष्ठलाई चयन गरेको हो । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि वडा समिति मंगलबार बसेको बैठकले श्रेष्ठको संयोजत्वमा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको पार्टीले जनाएको छ ।
समितिको उपाध्यक्षमा निर्मला राई, सचीवमा सेम लिम्बू र सह– सचीवमा सुमित्रा राई रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा दुर्गा भुजेल, अन्दिला राई, राम जी ठाकुर, भिम कोइराला, बिष्णु लिम्बू, राजेन्द्र प्रसाद यादब सहित ११ सदस्य निर्वाचित भएका हुन् ।
धरान उपमहानगर कार्य समितिका अध्यक्ष ताजुव लिम्बूको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अथिती जसपा नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष जेन्टल लावती, अथितिहरु जिल्ला सह सचिव सुमित्रा राई, नगर उपाध्यक्ष बिना राई, नगर सह सचिव सुमन चेम्जोङ, नगर कोषाध्यक्ष लक्ष्मी राई, नगर सदस्य लिला राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन नगर सह सचिव कमला रुम्दालीले गरेका थिए ।