समाचारसमाजहेडलार्इन

अपाङ्ग पुर्नस्थापना तथा सेवा केन्द्र नेपालद्धारा निःशुल्क ट्राईसाईकल वितरण (भिडियो सहित)

[mashshare]

धरान, koshipost.com

अपाङ्ग पुर्नस्थापना तथा सेवा केन्द्र नेपाल धरानले अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क ट्राईसाईकल वितरण गरेको छ । शारिरिक रुपमा अशक्त भएका २ जना व्यक्तिलाई ट्राईसाईकल हस्तान्तरण गरेको हो । अशक्त व्यक्तिाका लागि ट्राईसाईकल आवश्यक भएकाले सेवा नेपालले प्रतिगोटा ५० हजार पर्ने २ वटा ट्राईसाईकल उपलब्ध गराएको संस्थाका कार्यकारी निर्देशक सुनिल खड्काले बताए ।


संस्थाले साईकल उत्पादन स्थल धरान १३ स्थित होप हेभन नेपाल प्रा.लि. मार्फत बुधबार (आज) एक कार्यक्रम गरी झापाका राम कुमार मण्डल र पुष्पलाल भण्डारी लाई ट्राईसाईकल वितरण गरिएको प्रा.लि. का व्यवस्थापक उमेश तामाङले जानकारी दिए । ‘यस्तो सामग्री छिमेकी मुलुक भारतमा समेत अहिले सम्म उत्पादन नभएको हुँदा संस्थाले आफैं उत्पादन गरी सहायता स्वरुप निःशुल्क वितरण गर्दे आएको छ ।’ अन्य मुलुक बाट निर्मित ट्राईसाईकल ल्याउँदा महँगो पर्ने र एक चोटी बिग्रीए पछि मर्मत गर्न सम्भव नहुने पनि बताए ।


नेपालभरी धरानमा मात्र उत्पादन हुने ट्राईसाईकल र्पूव मेची देखी पश्चिम महाकालीसम्मका अपाङ्गता भएका ५० जना व्यक्तिहरुलाई वार्षिक रुपमा निःशुल्क वितरण गर्दे आएको छ । एउटा साईकल र्निमाण गर्न ४० देखी ५० हजार लाग्ने गरेको संस्थाका कार्यकारी निर्देशक सुनिल खड्काले कोशी पोष्ट सँगको कुराकानीमा बताए । ‘यो ट्राईसाईकल बनाउनका लागि चाहिने सामग्री सजिलै उपलब्ध नहुने भएकाले हामीले काठमाडौं र भारत बाट सामान ल्याउछौं, त्यसैले महँगो पर्न जान्छ , महिनाको ४ देखि ५ लाख खर्च हुन्छ । हामी सँग सिमित स्रोत साधन मात्रै छ, अहिले सम्म सरकारबाट केही पनि सहयोग पाएको छैनौं , तर पनि हामीले आवश्यक परेका व्यक्तिहरुलाई निरन्तर सहयोग गरिरहेका छौं ।’ संस्थाका कार्यकारी निर्देक खड्काले भने


सो कार्यक्रमको अवसरमा अपाङ्ग पुर्नस्थापना तथा सेवा केन्द्र नेपाल धरानका सल्लाहकार तथा समाजसेवी अशोक अग्रवालले व्यक्तिगत रुपमा २ हजारका दरले ३ जनालाई नगद ६ हजार हस्तान्तरण गरेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button