खेलकुदसमाचारहेडलार्इन

काठमाडौं देखि दमक –धनकुटा एकल म्याराथुन गर्दे दुई युवा (भिडियो सहित)

[mashshare]


धरान,koshipost.com


काठमाडौंको दशरथ रङगशाला देखि दमक र धनकुटाका युवाले एकल म्याराथुन गर्ने भएका छन् । काठमाडौं रङगशाला देखि दमक र धनकुटा सम्म दुई युवाले म्याराथुन गर्ने भएका हुन् ।


उनीहरुले एकल म्याराथुन गर्ने विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । यी दुई धावकले फागुन ३० गते देखी म्याराथुन शुरु गर्ने भएका छन् । काठमाडौं टु धनकुटा देबिन्द्र खेवा लिम्बु त्यस्तै अर्का धावक मेघराज राई काठमाडा टु दमक एकल म्याराथुन गर्ने पत्रकार सम्मेलन जानकारी गराएका थिए ।


‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ युवापुस्ता लाई स्वास्थ्य प्रति सचेत गराउनका लागि उनीहरुले म्याराथुन गर्न लागेका हुन् । दशरथ रङगशालाबाट कोटेश्वर, सिन्धुली, बर्दिबासको रुट हुँदै ईटहरी सम्म सँगै आएर मेघराज दमक र डेविड धनकुटा तर्फ लाग्ने पत्रकार सम्मेलनमा उनीहरुले जानकारी दिए ।

धनकुटा वडा न ७ निवासी देबिन्द्र खेवा लिम्बुनले काठमाडौं टु धनकुटा करिब ४७५ किलोमिटर दौडिन्छन् भने झापाका मेघराज राई काठमाडौं टु दमक करिब ४८० किलोमिटर दौडिने भएका छन् । देबिन्द्रको प्रायोजक युमा साम्युङ महासंघ युके समिति, नेपाली समाज बहराईन, जिल्ला खेलकुद(एथलेटिक) धनकुटा रहेका छन् । त्यस्तै मेघराज राईको प्रायोजक एड्भेन्चर इक्यूप्मेन्ट, जून्शीला कलेक्सन, जनता समाजवादी खेलकुद संघका तर्फबाट नेत्र बिक्रम नेम्वाङले सहयोग गर्ने भएका छन् ।


सुरक्षाका लागि व्यक्तिगत रुपमा स्कर्टिङको व्यवस्था गरेको मेघराजले बताए । ‘हाम्रो यात्रा ५ दिनको हुनेछ, खाने बस्ने सम्पूर्ण व्यवस्था हामी आफैंले गर्ने छौं । हामीलाई सुुरक्षा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय मार्फत अनुमति पत्र लिएर त्यसैका आधारमा अन्य जिल्लाका सुरक्षा निकाय सँग सम्वन्वय गर्ने छौं, हामीलाई हौसला दिनका लागि सम्पूर्ण स्वास्थ्य प्रति सचेत खेलकूद प्रेमी नेपालीहरुको साथ र सहयोगको अपेक्षा राखेका छौं, यस म्याराथुन मार्फत युवा पुस्तामा प्रेरणा जगाउन थोरै भएपनि हाम्रो भूमिका रहने छ ।’ राईले पत्रकार सम्मेलनमा भने


दुव्र्यसनीमा फसिरहेका युवाहरुलाई शिक्षा दिन शारिरिक तथा मानसिक रुपमा स्फूर्त भई खेलकूदमा अगाडी बढ्न प्रोत्साहन गर्ने उदेश्यले दौडिन लागेको धावक देबिन्द खेवा लिम्बु (डेविड)ले बताए । ‘मेरो पहिले लाहुरे बन्ने सपना थियो तर असफल भएँ, अनि नेपाल शसश्त्र प्रहरीमा जवानको रुपमा केही वर्ष कार्यरत रहेँ, त्यस पश्चात जागिर छाडेर वैदेशिक रोजगारीका लागि बहराईन गएँ, मैले त्यहाँ थुप्रै दौडहरुमा भाग लिएँ नेपालमा पनि धेरै चोटि म्याराथुन जितेको छु, नेपाली युवाहरुलाई खेलकुद प्रति उत्साहित भएर जोस जाँगरका साथ सहभागी गराउनका लागि हाम्रो दौडले हौसला मिल्ने आशा लिएका छौं, नेपालमा पनि विश्व रेकर्ड राख्न सफल धावकको जन्म होस्, वैदेशिक रोजगारीमा गएका युवाहरुले रेमिट्यान्स मात्रै नभएर विभिन्न सिप सिकेर आएर आफ्नै देशमा स्वास्थ्य, शिक्षा, मनोरन्जन, खेलकुद जस्ता क्षेत्रमा लगानी गर्दा युवाहरु स्वदेशमै स्वरोजगार बन्न सक्छ अनि हामीले भन्ने गरेका सुखी नेपाली सम्बृद्ध नेपाल तर्फ राष्ट्र अघि बढ्छ भन्ने सन्देश दिन खोजेका हौं ।’ डेविडले भने


नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा म्याराथुन बारे जानकारी गराईएको थियो । सम्मेलनमा आयोजकको तर्फबाट बोल्दै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जेन्टल लावतीले दुई युवाहरुले गर्न लागेको एकल म्याराथुन उदाहरणीय कार्य रहेको बताए । धावक मेघराज र डेविड दुवै जनालाई अग्रिम शुभकामना दिदै यो भन्दा अगाडी पनि उनीहरु राम्रो भएको बताए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button