
विराटनगर, koshipost.com
चार वटा निर्णय गदै मन्त्रीपरिषद् बैठक सम्पन्न भएको छ । प्रदेश नंं.१ मा शुक्रबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको हो । बैठकले विभिन्न चार वटा विषयमा निर्णयहरु गरेको स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार, बैठकले प्रदेश मन्त्रालय र यसअन्तर्गतका निकायहरुको संगठन संरचना एवं दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले वडाको संख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहको प्रस्ताव स्वीकृत गरी नेपाल सरकारमा सिफारिस गर्ने, प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान नियमावली– २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिनुभएको छ ।
