खेलकुदसमाचारहेडलार्इन

सुनसरीको धरानमा चलचित्र पत्रकार संघ नेपालको आयोजनामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता संचालन

[mashshare]


धरान,koshipost.com

सुनसरीको धरानमा चलचित्र पत्रकार संघ नेपालको आयोजनामा मैत्रपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको । चलचित्र संघको प्रथम वार्षिकोत्सवको अवसरमा प्रतियोगिता संचालन भएको हो । फुटसल खेलमा सुनसरीको विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको सहभागीता रहेको थियो ।


धरान ११ स्थित मितेरी फुटसलमा खेल सम्पन्न भएको हो । मैत्रीपुर्ण फुटसलको फाइनल खेलमा प्रेस सेण्टरले प्रेस युनियनलाई पराजित गर्दै उपाधि हात पारेको थियो । उपाधिका लागि सेन्टरले युनियनलाई १०–१५ को गोल अन्तरले पछि पार्दै उपाधि चुमेको हो । फाइनल खेलमा पराजय बेहोरेको युनियन प्रतियोगीताको दोश्रो बनेको छ । उपाधि चुमेको टोली सेन्टरले पहिलो खेलमा प्रेस चौतारी नेपाललाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो यस्तै, उपविजेता युनियनले आयोजक टोलीलाई हराउँदै फाइनल खेल प्रवेश गरेको थियो । पहिलो खेलमा सेन्टरले चौतारीलाई ४–१४ को गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै आयोजक टोलीलाई युनियनले १०–१६ गोलअन्तरले पराजित गरेका थिए ।


प्रतियोगितामा प्रथम बनेका सेन्टरले नगद ५ हजार पुरस्कारको साथै ट्रफि र प्रमाणपत्र हात पार्ने भएका छन् । यस्तै, दोश्रो हुने टोली युनियनले नगद ३५ सय नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । पुरस्कार यहि फागुन १९ गते हुने संघको वार्षिकोत्सव कार्यक्रममा प्रदान गरिने संघका सुनसरी अध्यक्ष विनोद विश्वकर्माले जानकारी दिए । चलचित्र संघले सुनसरीमा कार्यरत चलचित्र पत्रकार र विभिन्न मिडियामा आवद्ध भएका पत्रकार बिच भाइचाराको सम्बन्ध विस्तार गर्ने उद्देश्यले पत्रकाहरुबीच मैत्रीपुर्ण फुटसल प्रतियोगीताको आयोजना गरेको अध्यक्ष विनोदले बताए ।


पुस्कार विवरण सहित फागुन १९ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा चलचित्र संघले कार्यक्रम गर्ने आयोजकले जानकारी दिएको छ । गत साल फागुन १९ गते कै दिन चलचित्र संघको स्थापना भएकोले सोही दिन वार्षिकोत्सव मनाउने तयारी गरेको संघका जिल्ला अध्यक्ष विनोदले जानकारी दिएका छन् । १९ गतेको कार्यक्रममा चलचित्र पत्रकारिता कोषको स्थापना समेत गरिने अध्यक्ष विनोदले बताए ।

प्रदेश १ भरिका चलचित्रकर्मीहरुको उपस्थितिमा आयोजना हुने सो कार्यक्रममा १ जना पुराना चलचित्रकर्मीलाई दोसल्ला ओढाएर सम्मान गरिने कार्यक्रम रहेको अध्यक्ष विनोदले जानकारी दिए । त्यस्तै, सो कार्यक्रमको अवसरमा १ जना पुराना चलचित्र पत्रकारलाई पनि सम्मान गरिने कार्यक्रम तय गरिएको उनले बताए । फागुन १९ गते हुने कार्यक्रममा प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्रीको प्रमुख अतिथि रहने आयोजकले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button