
धरान,koshipost.com
अखिल नेपाल महिला (अनेम) संघ क्रान्तिकारीको धरान उपमहानगरपालिका वडा नम्बर १७ को वडा भेला सम्पन्न भएको छ ।
धरान १७ स्थित उदय सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा बबिता कार्कीको अध्यक्षतामा १०१ सदस्यीय अनेम संघ क्रान्तिकारीको वडा कमिटि गठन भएको हो ।
कमिटिको सचिवमा उषा परियार चयन भएकी छिन । यसै कार्यक्रममा नेपाली कांग्रेसको क्षेत्रीय सदस्य टिका राईको नेतृत्वमा ३ सय जना पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । पार्टीले जनताको काममा चासो नदेखाएर पार्टीका नेताको मात्र काम गर्ने नेताहरुको भिड भएकोले नेपाली कांग्रेस जनताको पार्टी नभएको ठहर गर्दै पार्टि परित्याग गरेको राईले बताए । उनले भने जनताको मनोभावना बुझ्ने नेकपा माओवादी केन्द्र भएको बताए ।

अनेम संघ क्रान्तिकारिको अध्यक्षतामा आयोजित पार्टी प्रवेश तथा अनेम संघ कमिटि वडा भेला कार्यक्रममा प्रदेश सदस्य मुक्सामहाङ मेन्याङ्बो (मुकेश) प्रमुख अतिथि रहेका थिए । यसै गरेर प्रदेश सदस्य आइन्द्र विक्रम बेघा, जस कुमार राई (प्रवेश), पुर्ण भुजेल (चिन्तन), अनेम संघ क्रान्तिकारी सुनसरी जिल्ला अध्यक्ष ज्योती लिम्बु, नगर अध्यक्ष सोमा गीरी अतिथी रहेका थिए । यस्तै नेकपा (माओवादी केन्द्र) पार्टी धरान उपमहानगरपालिका नगर कमिटि सदस्य मनोज भट्टराई, युवराज विष्ट लगायतका नगर सदस्यहरुको पनि उपस्थिती रहेको थियो । त्यस्तै धरान १७ नम्बर वडा पार्टी अध्यक्ष सुबास बर्देवा समेत अथितिको रुपमा उपस्थिती भएको कार्यक्रम अनेम संघ क्रान्तिकारी धरान १७ वडा कमिटि सचिव उषा परियारले सञ्चालन गरेकी थिइन ।