पर्यटनमनाेरञ्जनसमाचारहेडलार्इन

चलचित्र पत्रकार संघ नेपाल सुनसरीको प्रथम वार्षिक उत्सव कार्यक्रम सम्पन्न

[mashshare]

धरान,koshipost.com
चलचित्र पत्रकार संघ नेपाल सुनसरीको प्रथम वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नम्वर १ का यातायात व्यबस्था तथा संचारमन्त्री उपेन्द्र प्रशाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चर्चित कलाकारहरुले शुभकामना दिएका थिए ।

प्रथम वार्षिक उत्सवको अवसरमा नेपालका चर्चित चलचित्र कलाकारहरु प्रदीप खडका , रेखा थापा , दीपाश्री निरौला ,मिरुना मगर , शृष्टि श्रेष्ठ,हास्यकलाकार दीपक आचार्य , सुमन कोइराला , कमेडी च्याम्पियन भरतमणी पौड्याल ,निर्देशक ऋषिराज अचार्य,,गायिका प्राश्ना शाक्य , निर्माता तथा निर्देशका सन्तोष सेन ,आसुसेन फिल्म्स प्राली अमेरिका प्रमुख रेशम जंग शाह , प्रदर्शनको तयारीमा रहेको चलचित्र चिसोस्ट्रेका कलाकार नविन लम्साल ,निर्माता महेसबाबु तिमल्सिना ,दिपु देव ,निर्देशक दिनेश पाल्पाली लगायतले भिडियो शुभकामा दिएका थिए ।

गत बर्ष फागुन १९ गते चलचित्र पत्रकार संघ नेपाल सुनसरीको शाखाको रुपमा स्थापना भएको सुनसरी शाखाले फागुन १९ गते एक बर्ष पुगेको अवसरमा बिहीवार बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान हाता भित्रको अडिटरिएम हलमा सम्पन्न कार्यक्रमले ’केन्द्र मोसन पिक्चर्स चलचित्र पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । स्थापित चलचित्र पत्रकारिता पुरस्कार सुनसरीमा रहेर रंग पत्रकारिता गरिरहेका सकृय पत्रकारहरुको लागि प्रोत्साहन र सम्मान पुरस्कार स्थापना गरेको अध्यक्ष विनोद विश्वकर्माली जानकारी दिए ।

केन्द्र मोसन पिक्चर्सको आर्थिक सहयोगमा रु. एक लाखको अक्षयकोष स्थापना गरिएको र त्यसबाट आउने व्याजले वार्षिक रुपमा दुइजना चलचित्र पत्रकारलाई नगद सहित सम्मान गर्ने अध्यक्ष विश्वकर्माले जानकारी दिए । त्यस्तै गरी यसै बर्षबाट कलाकार सम्मान समेत सुरुवात गरेको छ। प्रथम वार्षिक उत्सवको अवसरमा संघले सुनसरीमा रहेर नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको उच्च सम्मान गर्दै कलाकार निर्माता तथा निर्देशक पर्शुराम चौधारीलाई सम्मान समेत गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी मन्त्री घिमिरेले चलचित्र समाजको ऐना भएको बताए । त्यो ऐनामा क्लिएर देखाउने काम पत्रकारको भएकोले नडगमगाइ कलम चलाऊन आग्रह गरे । चलचित्र क्षेत्र पर्यटन संग जोडिने भएकोले पर्यटनलाई जोडेर कलम चलाऊनु पर्ने दिन आएको बताए । पत्रकारिता आफ्नो मन्त्रालय अन्तर्गत परेका हुनाले पत्रकारहरुको समस्यालाई नजिकबाट नियालिरहेको र आफु मन्त्री भएर आउन साथ संचार ऐन ल्याउन पहल गरेको दाबी गरे । आगामी दिनहरुमा चलचित्र पत्रकार संघ सुनसरी संग सहकार्य गरेर जाने प्रतिबद्दता व्यक्त गरे।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button