
धरान, koshipost.com
धरानको मेयर तिलक राईको एकल निर्णयले अँधेरी खोला उत्खनन् गरेर चरम भ्रष्टाचार गरेको एमालेको आरोप छ । नेपाल कम्यूनिष्ट पार्टी एमालेको पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गदै यस्तो कुरा बताएको हो । नेकपा एमालेले आफ्नो धारणा राख्दै खोला उत्खनन् मा भ्रष्टाचार गरेको आरोप लगाएको छ । धरानवासीले एमालेको धारणा के हो भनेपछि पार्टीले आफ्नो धारण प्रष्ट पार्न पत्रकार सम्मेलन गरेको नेकपा एमाले धरान नगर कमिटी प्रचार प्रसार बिभाभाग संयोजक योगेश बाबु काफ्लेले बताए ।
धरान उप महानगरपालिका भित्र रहेका विभिन्न खोलाहरु ठेक्का लगाउने काम नगरपालिका स्तरीय कार्यपालिकाले टेन्डर आह्वान गर्नु पर्ने प्रावधान भएको पार्टीको धारण छ । मेयर स्तरीय समितिले कार्यपालिका, उप मेयर तथा वडा अध्यक्ष सहित अन्य सरोकारवाला निकाय लाई समेत जानकारी नगराई ३ करोड ९९ लाखमा ठेक्का लाग्नु पर्नेमा १ करोड ७४ लाखमा सम्झौता गरेर अँधेरी खोला उत्खनन् गर्न थालेपछि आफुहरुले थाहाँ पाएको नगरका उपमेयर मन्जु भण्डारी (सुबेदी) ले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
खोला उत्खनन् को विषयमा जनताहरुले चर्कोे बिरोध गरेपछि मात्र जानकारी पाएको नगर उपमेयर भण्डारीले बताईन् । ‘अहिले चर्चामा रहेको सर्वत्र चासोको विषय अँधेरी खोला उत्खनन् का लागि धरान उप महानगरपालिकालाई मंसिर २० गते चिठी आएको रहेछ, तर म लगायत वडा अध्यक्षहरुलाई समेत कुनै जानकारी नगरी मेयरले एकल निर्णय गरेर सम्झौता गरी खोलाको ढुंगा, गिट्टी, बालुवा निकाल्ने काम भईरहेको रहेछ, हामी पार्टी अधिवेशनमा व्यस्त भएको बेला एकल निर्णय गरेर टेन्डर नियतवश स्वीकृत गरिएको प्रष्ट देखिन्छ,गुपचुप हिसाबले नगर प्रकृया पुरा नगरी काम गरेर चरम भ्रष्टाचार भएको छ, नगरपालिकाको बजेट चुहावट भएको छ, यसमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ, अधेरी खोलाबाट ७३ हजार घनमिटर नदी जन्य पदार्थ मदन भण्डारी राजमार्ग निर्माण गरिरहेको ठेकेदार कम्पनी श्रेष्ठ मोतिदान ज्वाइन्ट भेन्चरलाई १ करोड ७४ लाखमा दिइएको रहेछ । अब सेउती खोलामा सोही परिणामको नदीजन्य पदार्थ ३ करोड ९९ लाखमा टेण्डर भई ठेक्का लाग्ने अवस्थामा छ ।’ हतार हतारमा ठेकेदारलाई दिएर २ करोड भन्दा बढी रकम चलखेल गरिएको देखिन्छ’ उपमेयर भण्डारीले पत्रकार सम्मेलनमा सुनाईन् ।
‘राष्ट्रिय गौरवको कुरामा हाम्रो पार्टीको कुनै आपत्ति होइन तर , प्रकृया नपुर्याई अपारदर्शी ढंगबाट मेयरले गरेको निर्णयमा हाम्रो गम्भीर आपत्ति रहेको छ । कम्तिमा कार्यपालिकामा यो विषय छलफल गरेको भए अहिलेको भन्दा दोब्बर मुल्यमा ठेन्डर लगाउँदा उपमहानगरमा आम्दानी बढाउन सकिन्थ्यो ।’ भण्डारीले पत्रकार सम्मेलनमा थपिन खोलाको चरम दोहन भइरहेको भन्दै खोला आसपासका स्थानीयवासीले आवज उठाउन थालेपछि नगरका उपमेयर भण्डारीको नेतृत्वमा वातावरण महाशाखाका प्रमुख र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलको टोलीले खोलाको उत्खनन् स्थागीत गराएको छ । प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनको निष्कर्षमा दैनिक २७४।५७ घनमिटर मात्र नदीजन्य पदार्थ संकलन गरिने भनिएकोमा अहिले असिमित रूपमा संकलन भइरहेको छ ।