गीत संगीतसमाचारहेडलार्इन

नेपाल चलचित्र महासंघ प्रदेश १ ले ५ दिने चलचित्र निर्माण प्रशिक्षण कार्यक्रम गदै

धरान,koshipost.com

नेपाल चलचित्र महासंघ प्रदेश १ ले ५ दिने चलचित्र निर्माण प्रशिक्ष(ा कार्यक्रम गर्ने भएको छ । यही फागुन २३ देखी २८ गते सम्म आयोजना गर्न लागेको ५ दिने चलचित्र निर्माण प्रशिक्षण (क्र्यास कोर्स) कार्यक्रम गर्न लागेको हो । शनिबार महासंघले धरानमा पत्रकाार सम्मेलन गदै तयारी पुरा भएको जानकारी दिएको थियो ।

प्रदेश १ का १४ जिल्लाका चलचित्रकर्मीहरु सहभागी गराउने उद्देश्य प्रशिक्षण कार्यक्रम गर्न लागेको आयोजकको भनाई छ । प्रशिक्षण दिन काठमाण्डौ बाट नेपाली चलचित्रका चर्चित व्यक्तित्वहरु आउने भएका छन् । सो कार्यक्रमको अवसरमा प्रदेश १ का १४ जिल्लामा भएका पर्यटकिय क्षेत्रको बिषयमा अन्तरक्रिया कार्यक्रम गरी चलचित्रकर्मीहरुलाई त्यस तर्फ सम्भावित क्षेत्रमा चलचित्र छायांकनको लागि आकर्षित गराउने महासंघका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए ।


कोभिड १९ पछिको ठप्प रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउनुको साथै चलचित्र क्षेत्रको एउटा प्रमुख गतिविधी हुने १ नं प्रदेशका १४ जिल्लामा चलचित्रको बजार र आर्कषण बढाउने उद्देश्यले नेपाली सिने जगतका दिग्गज चलचित्रकर्मीहरु लिएर तालिम गराउन लागेको प्रधानले पत्रकार सम्मेलनमा जानकारी दिए । राष्ट्रिय भाषा तथा स्थानीय भाषाका चलचित्रहरु मार्फत र प्रदेश नं. १ भित्र भएका विभिन्न पर्यटकिय स्थलहरुको प्रर्वद्धन गर्न सहयोग पुर्याउने , र प्रदेश १ नं. को चलचित्रकर्मीहरुलाई लक्षित गरेर आयोजना हुने यो कार्यशाला गोष्ठिले नेपाली दर्शकहरुमा नेपाली चलचित्र प्रति सकारात्मक भावना उत्पन्न गराउने अपेक्षा रहेको प्रधानले बताए ।


१४ जिल्लाबाट कम्तिमा ५० जना दक्ष जनशक्ति प्राप्त गर्ने लक्ष्य लिएको तालिम यही फागुन २३ गते देखी २८ गतेसम्म धरान ८ को हरियाली सामुदायिक बनको हलमा आयोजना हुने महासचिव दिनेश कोइरालाले जानकारी दिए । प्रदेश १ का १४ जिल्लाबाट उल्लेखीय सहभागी हुन चाहे पनि प्रत्येक जिल्लाबाट दुई दुई जनाको दरले सहभागी हुनपाउने छन् । टाढा टाढाबाट आउने प्रशिक्षार्थीहरुको लागि खान वस्न व्यवस्था गारिएको छ ।


कार्यक्रमा सहभागीका लागि शुल्क प्रतिव्यक्ति २ हजार तोकिएको महासचिव कोइरालाले बताए । तालिममा सहभागीहरु मध्ये उत्कृष्ट एकजनालाई इटहरी स्थित पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनले फिल्मिङ कोर्षको लागि निःशुल्क सिक्ने व्यबस्था मिलाएको छ । साथै सहभागीहरु बाट सिक्न चाहनेको लागि ५० प्रतिशत छुट दिएको पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनका प्रबन्धक रोनिश राउतले जानकारी दिए ।


५ दिन सम्म चल्ने तालिममा नेपाल चलचित्रक्षेत्रका चर्चित हस्तिहरु अभिनयमा भोलाराज सापकोटा लेखन, निर्देशन र प्रोडक्सनमा निर शाह, युवराज लामा, दयाराम दाहाल, दिपाश्री निरौला, रविन्द्र खडका र सामिप्याराज तिमल्सिना, सम्पादनमा रक्षा सिंह राणा, क्यामेरामा पुरुषोतम प्रधान, मिडिया एण्ड मार्केटिङ्ग जनकदीप पराजुलीले सहजिकरण गर्ने बताइएको छ । तालिम अवधिभर आवश्यक सामाग्रीहरु क्यामेरा लगायत फिल्मका लागि चाहिने सबै सामाग्रीहरु कोशीभिजन प्रालिले सहयोग गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाज, काठमाण्डौ संयोजक र चलचित्र बिकास बोर्डले सहजिकरण गर्ने आयोजकको भनाई ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button