समाचारसमाजहेडलार्इन

महिला उद्यमी सुनिता केसी मृत अवस्थामा भेटिईन्

धरान,koshipost.com

सुनसरीको धरान १५ घर पुष्पलाल मार्ग घर भएकी सुनिता केसी मृत अवस्थामा फेला परेकी छिन् । समाजसेवी तथा विभिन्न संघ संस्थामा आवद्ध रहेकी केसी आज बिहान आफ्नै घरमा भेटिएकी हुन् ।


उनी घरको कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । केसी नेपाल फोटो पत्रकार महासंघ सुनसरीकी कोषाध्यक्ष, नेपाल पत्रकार महासङ्घ सुनसरीको साधारण सदस्य, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसाशिएसनकी केन्द्रीय सदस्य, क्लिकधरान मिडिया प्रा.लि.की प्रबन्ध निर्देशक समेत हुन् । साथै केसी विभिन्न सामाजिक संस्थाहरूमा आबद्ध रहेकी थिइन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button