
धरान,koshipost.com
बुबाको छैटौं वार्षिक पुण्य तिथीको अवसरमा धरानका सामजिक अभिन्याता अशोक अग्रवालले धरानमा बसोबास गर्ने ४ विपन्न परिवारलाई सहयोग गरेका छन् । अपाङ तथा पुनःस्थापना असाहय सेवा केन्द्र नेपालका सल्लाकार सदस्य असोक कुमार अग्रवालले स्वार्गीय पिता मनिराम अग्रवालको २०७८ फागुन २३ गते सोमबार छैटौ वार्षिक पुण्य तिथीको अवसरमा विपन्न परिवारलाई सहयोग गरेको हो ।
अग्रवालले संस्थाको सिफारिसमा अति बिपन्न अपाङ्गता समस्याबाट पिडित सारदा खडका र भद्र लामिछाने मगरलाई व्हीलचेयर २ थान र खाद्यान्न सामग्री उपलब्ध गराएका हुन्् । त्यस्तै धरानका २ जना मृगौला पिडित विष्णु शंकर र जुना बि.क लाई औषधी तथा खाद्यान्न सामग्री सामजिक अभियान्ता अग्रवालले उपलब्ध गराएका छन् । आफु बिरामी भएका कारण श्रीमान्ले काम गर्न जान नभ्याउने भएका कारण आर्थिक समस्य भएको मृगौला पिडित जुना विकले बताईन् । औषधी सहित खाद्यन्य चामल दाल तरकारी पाउँदा उनले खुशी व्यक्त गरिन् । आफु बिरामी परेपछि श्रीमान्ले कान्छी श्रीमती लिएर भागेपछि आफु बिचल्लीमा परेको मृगौला पिडित विष्णु शंकरले बताईन् ।
अपाङ तथा पुनःस्थापना असाहय सेवा केन्द्र नेपाल संस्थामा ४ जना पिडित सहयोगको अपेक्षा गदै आएका कारण बुबाको छैटौं वार्षिक पुण्य तिथीको अबसरमा ४५ हजार बराबरको खाद्यन्य सहित सहायक सामाग्री उपलब्ध गराएको संस्थाका सल्लाकार सदस्य अशोक अग्रवालले जानकारी दिए । ‘मैले अरु बेला पनि अपाङ असाहय दिन दुःखीलाई सहयोग गदै आएको थिए । आज मेरो बुबाको बार्षिक तिथी परेकाले पिडितलाई केही राहत मिलोस् भन्ने उद्देश्यले खाद्यन्य सहित सहायक सामाग्री सहयोग स्वरुप उपलब्ध गराएको हो ।’ अग्रवालले कोशीपोष्ट डटकम संगको कुराकानीमा भने
विगत ५ वर्ष देखि बुबाको वार्षिक पुण्य तिथीमा अपाङ असाहय दिन दुःखीलाई सहयोग गदै आएकाले यस वर्ष पनि सहयोग गर्ने जानकारी पाएपछि संस्थाको सल्लाहकार अशोक अग्रवाललाई पिडित ४ जनाको नाम सिफारिस गरेको अपाङ तथा पुनःस्थापना असाहय सेवा केन्द्र नेपाल संस्थाका कार्यकारी निर्देेशक सुनिल खड्ककाले बताए । ‘हाम्रो संस्थामा सहयोगको अपेक्षा गरेर धेरै मान्छेहरु आउँछन् हामीले पनि सहयोगी दाताहरुलाई अनुरोध गरेर सहयोग गराउने हो । सबैले भने जस्तो ठुलो सहयोग गर्न नसकेपनि मिलाएर आएका सबै पिडितलाई सहयोग गदै आएका छौं ।’ कार्यकारी निर्देक खड्काले भने